"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सिरिज उपाधिमा पीएनजीसंग नेपाल स्तब्ध

प्रकाशित मिति :  12 March, 2024 11:05 am


काठमाडौँ । खराब प्रदर्शनका कारण नेपालले हङकङ टी–२० आई सिरिजको उपाधि गुमाएको छ। १७२ रनको लक्ष्य पाएको नेपाल १६ दशमलव ३ ओभरमै जम्मा ८५ रनमा अलआउट हुनपुग्यो। योसँगै उक्त सिरिजको उपाधि पीएनजीले जितेको छ। टस हारेर ब्याटिङको निम्तो पाएको पीएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७१ रन बनाएको थियो।

जवाफी व्याटिङमा उत्रिएको नेपालले सुरुवातीदेखि नै खराब प्रदर्शन गर्दै ८५ रनमै अलआउट भएर उपाधि पीएनजीलाई सुम्पियो। नेपालका लागि सन्दीप जोराले सर्वाधिक १७ रन बनाए भने आरिफ शेखले १५ रन। यस्तै कप्तान रोहित पौडेलले १२ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

पहिला ब्याटिङ गरेको पपुवा न्युगिनीको तर्फबाट टोनी उराले ६१ रनको योगदान दिए। कुशल भुर्तेलबाट आउट हुनुअघि उनले ३७ बल खेल्दै ४ छक्का र ५ चौका प्रहार गरेका थिए। यस्तै अलेई नाओले अविजित रहँदै ३० रन बनाए। हिला भारेले १८, हिरा हिरीले १५, किप्लिन डोरिगाले १४ र चाद सोपरले १३ रनको योगदान दिए।

अलराउण्डर कुशल भुर्तेलले ४ ओभर बलिङ गर्दै २४ रन खर्चेर ३ विकेट लिए। उनले अघिल्लो खेलमा पनि पपुवा न्युगिनीको ४ विकेट लिएका थिए। नेपालका आकाश चन्दले ४ ओभर बलिङ गर्दै ३ विकेट लिए भने करन केसी र गुलसन झाले १/१ जनालाई आउट गरे। नेपाललाई सस्तैमा समेट्नका लागि पीएनजीका बुवा मोरेअ, सेमो कमेअ, चाद सोपर र सासे बाओले समान दुई/दुई विकेट लिए भने अलेई नाओले एक विकेट लिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ जुन ११ देखि सुरु भई जुलाई १९ सम्म सञ्चालन हुँदैछ। यस पटक ४८

काठमाडौँ-  नेपालले एसियन गेम्स छनोट २०२६ को उपाधि जितेको छ। जापानमा आगामी सेप्टेम्बरमा हुने एसियन गेम्सको छनोट प्रतियोगिताको फाइनलमा हङकङलाई

काठमाडौँ-  रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ। आइतबार राति भएको फाइनलमा गुजरात

काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार