"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सिरिज उपाधिमा पीएनजीसंग नेपाल स्तब्ध

प्रकाशित मिति :  12 March, 2024 11:05 am


काठमाडौँ । खराब प्रदर्शनका कारण नेपालले हङकङ टी–२० आई सिरिजको उपाधि गुमाएको छ। १७२ रनको लक्ष्य पाएको नेपाल १६ दशमलव ३ ओभरमै जम्मा ८५ रनमा अलआउट हुनपुग्यो। योसँगै उक्त सिरिजको उपाधि पीएनजीले जितेको छ। टस हारेर ब्याटिङको निम्तो पाएको पीएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७१ रन बनाएको थियो।

जवाफी व्याटिङमा उत्रिएको नेपालले सुरुवातीदेखि नै खराब प्रदर्शन गर्दै ८५ रनमै अलआउट भएर उपाधि पीएनजीलाई सुम्पियो। नेपालका लागि सन्दीप जोराले सर्वाधिक १७ रन बनाए भने आरिफ शेखले १५ रन। यस्तै कप्तान रोहित पौडेलले १२ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

पहिला ब्याटिङ गरेको पपुवा न्युगिनीको तर्फबाट टोनी उराले ६१ रनको योगदान दिए। कुशल भुर्तेलबाट आउट हुनुअघि उनले ३७ बल खेल्दै ४ छक्का र ५ चौका प्रहार गरेका थिए। यस्तै अलेई नाओले अविजित रहँदै ३० रन बनाए। हिला भारेले १८, हिरा हिरीले १५, किप्लिन डोरिगाले १४ र चाद सोपरले १३ रनको योगदान दिए।

अलराउण्डर कुशल भुर्तेलले ४ ओभर बलिङ गर्दै २४ रन खर्चेर ३ विकेट लिए। उनले अघिल्लो खेलमा पनि पपुवा न्युगिनीको ४ विकेट लिएका थिए। नेपालका आकाश चन्दले ४ ओभर बलिङ गर्दै ३ विकेट लिए भने करन केसी र गुलसन झाले १/१ जनालाई आउट गरे। नेपाललाई सस्तैमा समेट्नका लागि पीएनजीका बुवा मोरेअ, सेमो कमेअ, चाद सोपर र सासे बाओले समान दुई/दुई विकेट लिए भने अलेई नाओले एक विकेट लिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्सलाई ३४ रनले पराजित गर्दै पोखरा एभेन्जर्स विजयी भएको छ। कीर्तिपुरस्थित

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौँ — नेपाल ट्वान्टी–२० विश्वकपको कठिन समूहमा परेको छ । फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा हुने

काठमाडौँ – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आज (मंगलबार) को दोस्रो खेलमा विराटनगर किङ्सले उत्कृष्ट जित निकालेको छ। पहिलो दुई