"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

टी-२० का दुई शृंखला खेल्ने नेपाली टोली घोषणा

प्रकाशित मिति :  20 March, 2024 12:51 pm


काठमाडौं । नेपालले घरेलु मैदानमा आयरल्यान्ड वोल्भससँग दुई टी-२० र भारतमा खेल्ने त्रिकोणात्मक टी-२० सिरिजको लागि आफ्नो टोली घोषणा गरेको छ ।

रोहित पौडेलको कप्तानीमा घोषणा गरिएको टोलीमा पछिल्लोपटक हङहङ भ्रमणमा राम्रो प्रदर्शन गरेका तीव्र गतिका बलर आकाश चन्दलाई समेटिएको छ ।

हङकङ भ्रमणमा नरहेका विकेटकिपर अनिलकुमार शाह पनि नेपालको टोलीमा छन् । नेपालले सोमबार र मंगलबार आयरल्यान्ड ‘ए’सँग टी-२० खेल्नेछ । त्यसपछि नेपाल भारतमा जानेछ । फ्रेन्डसिप कपमा नेपाल, गुजरात र बरोडाबीच त्रिकोणात्मक टी-२० आई सिरिज हुनेछ ।

नेपालले पहिलो खेल चैत्र १८ गुजरातसँग खेल्नेछ । दोस्रो खेल चैत्र २० मा बरोडासँग खेल्नेछ । चैत्र २१ गुजरातसँग खेल्नेछ । त्यस्तै सिरिजको अन्तिम खेल चैत्र २३ मा बरोडासँग खेल्नेछ । फाइनल चैत्र २५ हुनेछ । सिरिजमा शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

नेपालको टोली

रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि.सी, अभिनाश बोहरा र आकाश चन्द ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ जुन ११ देखि सुरु भई जुलाई १९ सम्म सञ्चालन हुँदैछ। यस पटक ४८

काठमाडौँ-  नेपालले एसियन गेम्स छनोट २०२६ को उपाधि जितेको छ। जापानमा आगामी सेप्टेम्बरमा हुने एसियन गेम्सको छनोट प्रतियोगिताको फाइनलमा हङकङलाई

काठमाडौँ-  रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ। आइतबार राति भएको फाइनलमा गुजरात

काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार