"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

विश्वकप छनोट : नेपाल बहराइनसँग ५-० ले पराजित

प्रकाशित मिति :  22 March, 2024 11:20 am


काठमाडौँ । फिफा विश्वकप-२०२६ छनोटको दोस्रो चरणमा नेपाल बहराइनसँग ५-० ले पराजित भएको छ। गएराति बहराइन राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा नेपाल ५-० गाेलअन्तरले पराजित भएकाे हाे।

बहराइनको टिमलाई जित दिलाउन माहदी अल हुमाइदान, सायद बाकर, अली मादान इब्राहिम अल खतल र इस्माइल अब्दुल्लातिफले समान १/१ गोल गरे। नेपाली टिमले बल नियन्त्रणमा लिए पनि गाेल गर्न भने सकेन।

नेपालले यसअघि विश्वकप छनोटको तयारीका क्रममा मलेसियासँग अभ्यास खेलेको थियो। साे खेलमा नेपाली टिम १–५ गोल अन्तरले पराजित भएको थियो। दोस्रो चरणको विश्वकप छनोटमा पनि नेपाल र बहराइन भिड्नेछन्। खेल चैत १३ गते हुँदैछ।

विश्व फुटबल महासंघ (फिफा) को पछिल्लो वरीयतामा बहराइन ८२औँ स्थानमा छ भने नेपाल १७५औँ स्थानमा छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ जुन ११ देखि सुरु भई जुलाई १९ सम्म सञ्चालन हुँदैछ। यस पटक ४८

काठमाडौँ-  नेपालले एसियन गेम्स छनोट २०२६ को उपाधि जितेको छ। जापानमा आगामी सेप्टेम्बरमा हुने एसियन गेम्सको छनोट प्रतियोगिताको फाइनलमा हङकङलाई

काठमाडौँ-  रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ। आइतबार राति भएको फाइनलमा गुजरात

काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार