"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

परराष्ट्र मन्त्री श्रेष्ठ र चिनियाँ समकक्षीबीच भेट

प्रकाशित मिति :  27 March, 2024 11:46 am


काठमाडौँ । नेपालका उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ।  मंगलबार बेइजिङमा विदेशमन्त्री वाङ यी र मन्त्री श्रेष्ठबीच भेटवार्ता भएको श्रेष्ठको सचिवालयले जनाएको छ। 

भेटमा द्विपक्षीय सम्बन्धलाई थप उचाइमा पुर्‍याउन मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको परराष्ट्र मन्‍त्रालयले जनाएको छ। यस्तै विभिन्न आयोजनाहरू कार्यान्वयनमा द्रुत अगाडि बढाउन जोड दिइने मन्त्रालयले उल्लेख गरेको छ। नेपालमा निर्माणाधीन आयोजनालाई छिटो कार्यान्वयन गर्न नेपाल र चीनबीच छलफल भएको छ ।

उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चीनका विदेशमन्त्री वाङ यी बीच मंगलबार बेइजिङमा भएको भेटवार्तामा नेपालमा चिनियाँ लगानी र सहयोगमा निर्माणाधीन आयोजना छिटो कार्यान्वयन गर्ने सम्बन्धमा जोड दिइएको परराष्ट्र मन्त्रालयले जनाएको हो । 

आइतबार चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणमा मन्त्री श्रेष्ठ चीन गएका थिए। भ्रमणका क्रममा मन्त्री श्रेष्ठले विभिन्न उच्चस्तरीय भेटवार्ता गर्नेछन्। उनी चैत १९ गते नेपाल फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं — आगामी आर्थिक वर्षको बजेट १० असारभित्र सार्वजनिक गर्नुपर्ने समयसीमासम्म २७ स्थानीय तहले बजेट ल्याउन सकेका छैनन् । ७५३ स्थानीय

काठमाडौँ –  विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वमहानिर्देशक सञ्जीव गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।विशेष अदालतका

काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संसद्‌मा गरेको ‘भारतले मात्रै होइन, नेपालले पनि भारतीय भूमि मिचेको छ’ भन्ने

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको