"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले दिइन् राजीनामा

प्रकाशित मिति :  28 March, 2024 2:48 pm


काठमाडौँ । राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएकी छिन् । बिहीबार उपाध्यक्ष अर्यालले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललाई राजीनामा बुझाएकी हुन् । अर्याल गत माघ २३ गते राष्ट्रिय सभा उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी थिइन् । 

पछिल्लो समय सत्ता समीकरण बदलिएसँगै माओवादीले अध्यक्ष र एमालेले उपाध्यक्ष लिने सहमति भएको थियो । तर बीचमा राष्ट्रिय सभा उपाध्यक्ष नेकपा एकीकृत समाजवादी पार्टीलाई दिने शीर्ष नेताहरूबीच सहमति भएको बताइएको छ । गठबन्धनमा एकीकृत समाजवादी सहभागी नहुँदै फागुन २१ गते एमाले, माओवादी, रास्वपा र जसपाका शीर्ष नेताले ८ बुँदे सहमति सार्वजनिक गरेका थिए ।

त्यतिबेला चार राजनीतिक दलले सरकार, राष्ट्रिय सभा अध्यक्ष/उपाध्यक्षको निर्वाचन, शान्ति प्रक्रिया, संघीयता कार्यान्वनलगायत ८ बुँदे सहमति गरेका थिए । उक्त सहमतिमा राष्ट्रिय सभाको उपाध्यक्ष एमालेलाई दिने सहमति भए पनि फागुन २९ को सहमतिमा भने उक्त कुरा राखिएको थिएन ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौं – मन्त्रिपरिषद्  शिक्षा र स्वास्थ्यमा लिंदै आएको समता शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्