"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

शिक्षा मन्त्री सुमनालाई नेविसंघको ध्यानाकर्षण

प्रकाशित मिति :  28 March, 2024 3:15 pm


काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठलाई नेपाल विद्यार्थी संघले ध्यानाकर्षण गराएको छ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विद्यार्थीका उत्तरपुस्तिका हराएको भन्दै कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालयमा प्रदर्शन गरेका छन्।

गत वैशाखमा विद्यार्थीले जनसंख्या विषयको परीक्षा दिए पनि एक सय ८३ विद्यार्थीको उत्तरपुस्तिका हराएको थियो। परीक्षा नियन्त्रण कार्यालयबाटै हराएका ती उत्तरपुस्तिका खोजी भइरहेको त्रिविको भनाइ छ।

त्रिविले केही क्याम्पसमा लिएका परीक्षाको उत्तरपुस्तिका हराएको भन्दै पुन: परीक्षा सञ्चालन गर्न चितवनको रत्ननगरस्थित शहीद स्मृति बहुमुखी क्याम्पसमा परीक्षा केन्द्र तोकेको थियो। परीक्षा नियन्त्रण कार्यालय बल्खुले परीक्षा तालिका निकालेर पुन: परीक्षा दिन भनेको थियो।

विद्यार्थीका उत्तरपुस्तिका हराएकोबारे छानबिन गरी दोषीमाथि कारबाही सिफारिस भइसके पनि अहिलेसम्म कारबाही नभएको भन्दै नेविसंघले बिहीबार उपकुलपति कार्यालयमा प्रदर्शन गरेको हो। उपकुलपतिले दोषीमाथि कारबाही प्रक्रिया अघि नबढाएकोले प्रदर्शन गरिएको नेविसंघ केन्द्रीय सदस्य विजय ढुंगानाले बताए।

‘उत्तरपुस्तिका हराएको विषयमा छानबिनबाट कारबाही सिफारिससमेत भइसकेको अवस्थामा छ तर उपकुलपतिले कारबाही प्रक्रिया चाल्नु भएको छैन, तत्काल दोषीमाथि कारबाही गरियोस्,’ उनले भने। साथै नेविसंघले त्रिवि रजिष्ट्रार र रेक्टर नियुक्ति पारदर्शी ढंगबाट अघि बढाउन पनि माग गरेको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौँ- सरकारले जेठ १४ गते बकर ईद (ईद-उल-अज्हा)को अवसरमा सार्वजनिक बिदा दिएको छ। शुक्रबार गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द