"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कांग्रेसले उठायो – रास्वपाका डीपी अर्याल र कवीन्द्र बुर्लाकोटी पनि सहकारी ठगीमा संलग्नता

प्रकाशित मिति :  2 April, 2024 1:42 pm


काठमाडौँ । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने मात्र नभई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डीपी अर्याल पनि संलग्न रहेको आरोप लगाएको छ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै कांग्रेस सांसद रामकृष्ण यादवले मन्त्री अर्याल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी समेत सञ्चालक रहेको बेलामा ४ करोड बढी रकम बचतकर्ताले फिर्ता नपाएको बताए।

‘राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डीपी अर्याल हाम्रो नयाँ कृषि सहकारी संस्थाको उपाध्यक्ष हुँदा निपेक्षकर्ताले ४ करोड रुपैयाँभन्दा बढी रकम फिर्ता नपाएको विषय छ,’ सांसद यादवले भने, ‘सोही सहकारीमा रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटी समेत सहकारीको सञ्चालक थिए। सो सहकारीमा पनि अस्वभाविक रुपमा गोर्खा मिडियाका अध्यक्ष जिबि राईलाई भित्र्याइएको छ। त्यो काम श्रममन्त्रीको हो भन्ने छ। यो सहकारीको छानविनलाई पनि प्रभावित पार्न खोजिएको भन्ने छ। निष्पक्ष छानविन आवश्यक छ। संसदीय समिति बनाऔँ।’

साथै, उनले गृहमन्त्री लामिछानेमाथि निष्पक्ष छानबिन नगर्दासम्म यो विषयले कहिल्यै नछाड्ने पनि बताए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्। कांग्रेसको केन्द्रीय

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्