"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपालले आज गुजरातलाई हराए फाइनलमा पुग्ने

प्रकाशित मिति :  3 April, 2024 1:07 pm


काठमाडौं । भारत भ्रमणमा रहेको नेपालले एसएमएस फ्रेन्डसिप कपअन्तर्गत तेस्रो खेलमा आज गुजरातसँग खेल्दैछ । खेल दिउँसो २:४५ मा सुरु हुनेछ ।

नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेट र दोस्रो खेलमा बरोडालाई २७ रनले हराएको थियो । नेपाल आजको खेलमा विजयी भएमा एक खेलअगावै फाइनलमा पुग्नेछ । उता गुजरातले बरोडालाई ५ विकेटले हराएको थियो । नेपालले शुक्रबार अन्तिम खेल बरोडासँग खेल्नेछ । फाइनल आइतबार हुनेछ ।

गुजरात पहिलो खेलमा नेपालसँग ९८ रनमा अल आउट भएको थियो । नेपालका करण केसीले ४ र गुलशन झाले ३ विकेट लिएका थिए । करण र गुलशन दुवै राम्रो लयमा देखिएका छन् । बरोडाविरुद्ध सन्दीप जोरा र कुशल मल्लले आक्रामक क्रिकेट खेलेका थिए । नेपाल ओपनर कुशल भुर्तेल र आसिफ शेखबाट राम्रो प्रदर्शन चाहन्छ ।

अनिल शाहले पाएको अवसरलाई सदुपयोग गर्नुपर्ने हुन्छ । नेपालले सुरुवाती दुई खेलमा आकाश चन्द, विवेक यादव, ललित राजवंशी र प्रतिश जि.सीलाई बेन्चमा राखेको छ। आज यी चारमध्ये दुईलाई मौका दिनसक्छ । दीपेन्द्रसिंह ऐरी नेपालका प्रमुख हतियार हुन् ।

गुजरातका रुद्रमयुर पटेलले बरोडाविरुद्ध ७० रन बनाएका थिए । कप्तान उमांग पटेल, अर्यान देशाई र रुद्र प्रमुख ब्याटर हुन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कलैयाका तत्कालीन निमित्त कार्यालय प्रमुख किशोरीप्रसाद यादवमाथि करिव डेढ करोड रुपैयाँ बराबर भ्रष्टाचार

काठमाडौं – मालपोत कार्यालय रुपन्देही भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृत र सियारी गाउँपालिका-२ का तत्कालीन अध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ– सरकारले निजामती कर्मचारीलाई हरेक १५ दिनमा तलब भुक्तानी गर्ने प्रणालीको औपचारिक सुरुआत गरेको छ। अर्थ मन्त्रालयका अनुसार उक्त व्यवस्था पाइलट

काठमाडौं – झापाको दमकस्थित हिमालय माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा