"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

गुजरातलाई ८ रनले हराउँदै नेपाल फाइनलमा

प्रकाशित मिति :  3 April, 2024 6:43 pm


काठमाडौं । नेपालले भारतमा जारी एसएमएस फ्रेन्डसिप टी२० कपमा गुजरातलाई ८ रनले हराउँदै फाइनलमा पुगेको छ । १८२ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ७ विकेट गुमाउँदै १७३ रन बनायो ।

गुजरातका कप्तान उमागं पटेलले २४ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४७ रन बनाए । अभिषेक देशाई २०, स्मित पटेल १९ र प्रियस पटेलले १७ रन बनाए । हर्ष देशाईले १६ बलमा ४ चौका र १ छक्कासहित २९ रनमा नट आउट रहे ।

नेपालका सोमपाल कामीले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । गुलशन झाले ४ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए । कुशल मल्लले १ ओभरमा ३ रन खर्चेर २ विकेट लिए । विवेक यादवले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १८१ रन बनाएको थियो । ओपनर आसिफ शेखले ५१ बलमा १० चौका र ५ छक्कासहित सर्वाधिक ८५ रनको इनिङ खेलेका थिए । कुशल भुर्तेल ४४ बलमा ९ चौका र २ छक्कासहित ६७ रनमा आउट भए ।

आसिफ र कुशलले १३।३ ओभरमा १२५ रनको शतकीय साझेदारी गर्दै नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए । त्यसपछि ठूलो सटको चक्करमा लगातार विकेट गुमाएपछि नेपालले लगातार विकेट गुमाउँदा २ सय माथिको योगफलमा पुग्न सकेन ।

रोहित पौडेल ३, सन्दीप जोरा २, गुलशन झा ४, अनिल शाह शून्य र कुशल मल्ल १ रनमा आउट भए । प्रतिश जि।सी ४ र विवेक यादवले ७ रनमा नट आउट रहे ।

गुजरातका जयमीत पटेलले ४ ओभरमा ४६ रन खर्चेर ३ विकेट लिए । आर्यन देशाई र धरुशान्त सोनीले २–२ विकेट लिए । नेपालले शुक्रबार बरोडासँग खेल्नेछ । फाइनल आइतबार हुनेछ । नेपालले बरोडा र गुजरात मध्य एकसँग फाइनल खेल्नेछ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले ट्वान्टी–२० विश्वकप क्रिकेटमा मंगलबार स्कटल्यान्डलाई ७ विकेटले पराजित गरेको छ । दीपेन्द्रले लगातार दोस्रो

काठमाडौँ — आइसिसी टी-२० विश्वकप २०२६ मा समूहको लगातार तेस्रो खेलमा पराजित भएसँगै नेपाल बाहिरिएको छ।  नेपाल स्कटल्यान्डसँगको समूह ‘सी’

काठमाडौँ — प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजाआराधना गरी आज

काठमाडौँ- प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले २० वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ। कार्यालयले आज सूचना जारी गर्दै