"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

उपत्यकाका चार ठाउँमा स्वदेशी जुत्ता मेला

प्रकाशित मिति :  4 April, 2024 12:38 pm


काठमाडौँ । नयाँ वर्ष २०८१ का अवसरमा काठमाडौँ उपत्यकाका चार ठाउँमा जुत्ता चप्पल व्यापार महोत्सव आयोजना गरिएको छ। जुत्ताचप्पल उत्पादन गर्ने उद्योगी व्यावसायीहरुको समूह नेपाली जुत्ता घरले स्वदेशमा उत्पादित जुत्ताचप्पल र स्वदेशी ब्रान्डलाई आमउपभोक्ताको बीचमा परिचित गराउने उद्देश्यले महोत्सव आयोजना गरेको हो।

बुधबारदेखि काठमाडौँको बुद्धमल बालाजु, न्युरोडमल न्युरोड, ललितपुरको कुमारीपाटी र सातदोबाटोमा व्यापार महोत्सव आयोजना भएको छ।आज देखि शुरु भएको जुत्ता महोत्सव को उद्घाटन उद्योग वाणिज्य महासंघ का वस्तुगत उपाध्यक्ष हेमराज ढकालले अहिलेको विषम परिस्थितिमा देशमा जुन खालको आर्थिक मन्दीले छ, त्यसबाट माथि उठ्न हामीले आम उपभोक्तालाई नेपाली उत्पादन प्रयोग गर्न आकर्षित गर्न पनि यस्ता खालका मेला महोत्सवले देश को आर्थिक अवस्था को सुधार हुने बताए ।

महोत्सव समापनपछि चारै स्थानमा सबै सहभागी कम्पनीहरुको सहभागितामा स्थायी सोरूम नियमिति रुपमा सञ्चालन हुने मेला संयोजक होमनाथ उपाध्यायले बताएका छन्। । मेलामा नेपालमा स्थापित चर्चित जुत्ताचप्पल उत्पादक कम्पनी र ब्रान्डहरु रोयल सु इन्डस्ट्रीको उत्पादन रोयल सुज, बेस फुटवेयरको उत्पादन बीएफडियर हिल र बीएफ स्पोर्ट, लालिगुराँस फुटवेयरको क्रस रोड सुज, शुभकामना फुटवेयरको फस्टवाक सुज, डीजे सुज कम्पनीको डीजे सज, रन सुज इन्ड्रस्टजको रन सुज, कोसेली छालाजुत्ता उद्योगका कोसेली, स्मार्ट सुजका स्मार्ट गरि ८ वटा कम्पनी र ब्रान्डहरूको सहभागिता रहनेछ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कलैयाका तत्कालीन निमित्त कार्यालय प्रमुख किशोरीप्रसाद यादवमाथि करिव डेढ करोड रुपैयाँ बराबर भ्रष्टाचार

काठमाडौं – मालपोत कार्यालय रुपन्देही भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृत र सियारी गाउँपालिका-२ का तत्कालीन अध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ– सरकारले निजामती कर्मचारीलाई हरेक १५ दिनमा तलब भुक्तानी गर्ने प्रणालीको औपचारिक सुरुआत गरेको छ। अर्थ मन्त्रालयका अनुसार उक्त व्यवस्था पाइलट

काठमाडौं – झापाको दमकस्थित हिमालय माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा