"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

लुम्बिनीका मुख्यमन्त्री चौधरीले दिए राजीनामा

प्रकाशित मिति :  २२ चैत्र २०८०, बिहीबार १८:१६


लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिएका छन्।  प्रदेशसभाको बिहीबारको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन्। लुम्बिनीमा नयाँ सत्ता सहकार्यका लागि चार राजनीतिक दल र एक स्वतन्त्र सांसदबीच सहमति भएको छ। सत्ता साझेदार दलहरूबीच बिहीबार नयाँ सरकार गठनका लागि सहमति भएको हो।

नेकपा एमाले संसदीय दलका नेता लीला गिरी, माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरा, जसपाका नेता भण्डारीलाल अहिर, नेकपा एकीकृत समाजवादीका भगवती अधिकारी र स्वतन्त्र सांसद खड्ग बस्नेतले सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।

लुम्बिनीमा नयाँ गठबन्धनमा साना दल निर्णायक भएकाले एक स्वतन्त्र सासद खोजेर नयाँ गठबन्धनले सहमति गरेका हुन्।दलहरूबीच सरकार सञ्चालनका लागि ५ बुँदे समझदारी समेत बनेको छ। नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम माओवादी लुम्बिनी प्रदेश संसदीय दलको दलका नेता जोखबहादुर महरा लुम्बिनीको मुख्यमन्त्री बन्दैछन्।

दलहरूबीच प्रदेशमा हुने राजनीतिक नियुक्तीहरू सत्ता साझेदार दलहरूको अपनत्व हुने गरी गर्ने समझदारी पनि भएको छ। अन्तिम समयसम्म बहुमत पुर्याउने कसरतमा रहेका मुख्यमन्त्री चौधरी विफल भएका छन्। बहुमत नपुग्नेभएपछि उनले राजीनामा दिएका हुन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

गण्डकी-  पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम (पोखरा–जामुने) खण्डमा हालसम्म जम्मा ३२ प्रतिशत भौतिक प्रगति भएको छ । पछिल्लोपटक थपिएको एक सय

दैलेख- नाबालकमै आमा गुमाएका दैलेख चामुण्डाविन्द्रासैनी नगरपालिका-९ का नगेन्द्र खड्का ५० वर्ष पुगे। गाउँमै व्यावसायिक सागसब्जीखेतीबाट वार्षिक पाँच-छ लाख रुपैयाँसम्म आम्दानी

झापा – नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले रु ११ करोड ४३ लाख ६१ हजार बराबरको चिया भारत निर्यात गरेको छ

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी मेडिकल कलेज तथा सरकारी अस्पताललाई आफ्नो सेवा शुल्क सार्वजनिक गर्न परिपत्र गरेको छ। मन्त्रालयको गुणस्तर