"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

दीपेन्द्रको कप्तानीमा बरोडाविरूद्ध नेपाली टिमले फिल्डिङ गर्दै

प्रकाशित मिति :  5 April, 2024 1:06 pm


काठमाडौं । आइसिसी टी-२० विश्वकप २०२४ को तयारीका लागि भारतमा रहेको नेपाली क्रिकेट टिमले भारतको रणजी टिम बरोडाविरूद्ध पहिले फिल्डिङ गर्ने भएको छ।  टस जितेको बरोडाले ब्याटिङ रोजेसँगै नेपालले पहिले फिल्डिङ गर्ने भएको हो।  नेपाली टिममा चार परिवर्तन गरिएको छ। दीपेन्द्रसिंह ऐरीलाई कप्तानको जिम्मेवारी दिइएको छ। अघिल्लो खेलमा उनी टिममा थिएनन्।

खेलमा रोहित पौडेल, सोमपाल कामी, अभिनास बोहरा र आसिफ शेखलाई आराम दिइएको छ। करण केसी टिममा फर्किदा आकास चन्द र ललित राजवंशीलाई पहिलो पटक खेलाइएको छ।  यसअघि नेपाली टिमले लगातार तीन खेल जितेर फाइनलमा स्थान बनाइसकेको छ। नेपालले गुजरातलाई दुवै खेलमा हराउँदा बरोडाविरुद्धको पहिलो खेल पनि जितेको थियो। 

नेपालले फाइनलमा आइतबार गुजरातसँग खेल्दैछ। नेपाली टिम भारतमा तयारी गरेपछि उतैबाट एसिसी प्रिमियर कप खेल्नका लागि ओमान जाने कार्यक्रम छ। टी-२० विश्वकप आगामी जेठ दोस्रो सातादेखि अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ जुन ११ देखि सुरु भई जुलाई १९ सम्म सञ्चालन हुँदैछ। यस पटक ४८

काठमाडौँ-  नेपालले एसियन गेम्स छनोट २०२६ को उपाधि जितेको छ। जापानमा आगामी सेप्टेम्बरमा हुने एसियन गेम्सको छनोट प्रतियोगिताको फाइनलमा हङकङलाई

काठमाडौँ-  रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ। आइतबार राति भएको फाइनलमा गुजरात

काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार