"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

बरोडासँग नेपाल ३७ रनले पराजित

प्रकाशित मिति :  5 April, 2024 5:03 pm


काठमाडौं । आइसिसी टी-२० विश्वकप २०२४ को तयारीका लागि भारतमा रहेको नेपाली क्रिकेट टिम भारतको रणजी टिम बरोडासँग ३७ रनले पराजित भएको छ। शुक्रबार गुजरातमा बरोडाले दिएको १५७ रनको लक्ष्य पछ्याएको नेपाल १८.५ ओभरमा ११९ रनमा अलआउट भयो।

यसअघि लगातार तीन खेलमा जित निकालेको नेपाल फाइनल भने पुगिसकेको छ। नेपालले आइतबार गुजरातसँग फाइनल खेल्दैछ। नेपालले लिग चरणमा गुजरातलाई दुवै खेलमा हराउँदा बरोडाविरुद्धको पहिलो खेल पनि जितेको थियो।

 शुक्रबार ब्याटिङमा नेपालका लागि सन्दीप जोराले अर्धशतक प्रहार गरे पनि अरु ब्याटरले उल्लेख रन जोड्न सकेनन्। सन्दीपले ४३ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ५६ रन जोडे।  ओपनर कुशल भुर्तेल १६ रनमा आउट हुँदा उनका ओपनिङ पार्टनर अनिल साहले १ रन मात्र जोड्न सके। गुल्सन झा २ रनमा पेभिलियन फर्कदा विवेक यादवले १७ रन बनाए। करण केसी ० र प्रतिश जिसी ६ रन जोडेर आउट भए। कुशल मल्ल पनि १९औं ओभरमा ३ आउट हुँदा नेपालको आसा सकिएको थियो। 

बलिङमा बरोडाका ध्रुव पटेलले ४ विकेट र लक्षित तोक्सियाले ३ विकेट लिए। त्यसअघि टस जितेर ब्याटिङ गरेको बरोडाले ८ विकेटको क्षतिमा १५६ रन जोड्यो।  उसका लागि शास्वत रावतले ३१ रन, ध्रुव पटेलले २९ रन, अमित पासीले २६ रन जोडे।  बलिङमा नेपालका करण केसी र गुल्सन झाले २-२ विकेट लिए। आकास चन्द, ललित राजवंशी र प्रतिश जिसीले १-१ विकेट लिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ जुन ११ देखि सुरु भई जुलाई १९ सम्म सञ्चालन हुँदैछ। यस पटक ४८

काठमाडौँ-  नेपालले एसियन गेम्स छनोट २०२६ को उपाधि जितेको छ। जापानमा आगामी सेप्टेम्बरमा हुने एसियन गेम्सको छनोट प्रतियोगिताको फाइनलमा हङकङलाई

काठमाडौँ-  रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ। आइतबार राति भएको फाइनलमा गुजरात

काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार