"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपालले गुजरातलाई दियो १७७ रनको लक्ष्य

प्रकाशित मिति :  7 April, 2024 3:14 pm


काठमाडौँ । एसएमएस फ्रेन्डसिप कप टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा नेपालले जितका लागि घरेलु टोली गुजरातलाई १७७ रनको लक्ष्य दिएको छ । 

गुजरातको वापीस्थित साई मेघपन स्पोर्ट्सलाइफ मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा १७६ रन बनायो । 

नेपालका लागि कप्तान रोहित पौडेलले ७४ रन बनाउनुभयो । आशिफ शेखले ३४, कुशल मल्लले अविजित ३१, कुशल भुर्तेलले २१ र दीपेन्द्रसिंह ऐरीले सात रन बनाउनुभयो । बलिङमा गुजरातका जयमति पटेल, सेन पटेल, तेजास पटेल र जाला युजराजसिंहले एक एक विकेट लिनुभयो । 

नेपाल आज गुजरातमाथि ह्याट्रिक जित निकाल्दै च्याम्पियन बन्ने अभियानमा छ । लिग चरणमा नेपालले गुजरातलाई आठ विकेट र आठ रनले हराएको थियो । 

नेपालले बरोडा क्रिकेट सङ्घलाई २७ रन हराएको नेपाल लिग चरणको अन्तिम खेलमा बरोडासँग ३७ रनले पराजित भएको थियो । गुजरात बरोडालाई पाँच विकेट र ५७ रनले पराजित हराएर फाइनलमा नेपालसँगको भिडन्त पक्का गरेको हो । 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले ट्वान्टी–२० विश्वकप क्रिकेटमा मंगलबार स्कटल्यान्डलाई ७ विकेटले पराजित गरेको छ । दीपेन्द्रले लगातार दोस्रो

काठमाडौँ — आइसिसी टी-२० विश्वकप २०२६ मा समूहको लगातार तेस्रो खेलमा पराजित भएसँगै नेपाल बाहिरिएको छ।  नेपाल स्कटल्यान्डसँगको समूह ‘सी’

काठमाडौँ — फितलो ब्याटिङ गरेको नेपालले ट्वान्टी–२० विश्वकपको इटालीसँग १० विकेटले पराजित भएको छ । पहिलो पटक विश्वकपमा खेलिरहेको इटालीले एकतर्फी

काठमाडौँ-  आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’को पाँचौँ खेलमा नेपालले विश्व क्रिकेटको महारथि इंगल्याण्डलाई अन्तिम बलसम्म जसरी स्तब्ध