"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सभामुखले गरे सत्ता र प्रतिपक्षी दलका शीर्ष नेताहरूसँग छलफल

प्रकाशित मिति :  8 April, 2024 6:34 pm


काठमाडौं । सभामुख देवराज घिमिरेले सत्ता र प्रतिपक्षी दलका शीर्ष नेताहरूसँग छलफल गरेका छन्। प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी नेपाली कां‌ग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतसँग सभामुख घिमिरेले सोमबार दिउँसो छलफल गरेका हुन्।

छलफलमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, एमालेका प्रमुख सचेतक महेश बर्तौला, माओवादीका प्रमुख सचेतक हितराज पाण्डे र रास्वपाका प्रमुख सचेतक सन्तोष परियार पनि सहभागी छन्।  कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै निष्पक्ष छानबिन गर्न संसदीय समिति गठनको माग गरिरहेको छ।

यसअघिको प्रतिनिधि सभा बैठकमा कांग्रेस सांसदसमेत रहेका महामन्त्री विश्वप्रकाश शर्माले आउँदो बैठकमा संसदीय समिति गठन हुनुपर्ने भन्दै अल्टिमेटम नै दिएका थिए। प्रतिनिधि सभा बैठक मंगलबारका लागि बोलाइएको छ। उक्त बैठकअघि यसबारे सभामुख घिमिरेले सत्ता र प्रतिपक्षी दलहरूसँग छलफल गरेका हुन्।

बूढानीलकण्ठमा सोमबार बिहान बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले संसदीय समिति गठन गर्ने अडान नछाड्ने निष्कर्ष निकालेको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्। कांग्रेसको केन्द्रीय

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्