"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसद् अधिवेशन अन्त्य गर्न प्रधानमन्त्रीलाई अध्यक्ष ओलीको सुझाव

प्रकाशित मिति :  12 April, 2024 1:39 pm


काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। सिंहदरबारमा शुक्रबार दिउँसो नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो।

प्रधानमन्त्रीसँग भेटेपछि अध्यक्ष ओलीले पत्रकारहरूसँग कुराकानी गर्दै संसदको अधिवेशन अन्त्य हुने र पछि फेरि आह्वान हुने बताए। ‘अधिवेशन अन्त्य हुन्छ, फेरि अर्को सुरू हुन्छ यस्तै हो,’ ओलीले भने। अध्यक्ष ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद चल्न नदिएको आरोप लगाए। बिजनेस नपाएर अधिवेशन अन्त्य गर्न लागिएको हो भन्ने प्रश्नमा जबाफ दिएका ओलीले भने, ‘हैन, कांग्रेसले चल्न नदिएर हो।’

कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएकोले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ। प्रतिनिधि सभा बैठक वैशाख २ गतेसम्मका लागि स्थगित छ।

सरकारले अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउने चर्चासमेत भइरहेका छन्। प्रधानमन्त्री दाहालले लगानी वातावरण बनाउन अध्यादेश ल्याउन सकिने पनि अभिव्यक्ति दिएका थिए। साथै सिंहदरबारमा शुक्रबार दिउँसो मन्त्रिपरिषद बैठक बसेको छ। मन्त्रिपरिषद बैठकअघि प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष ओलीसँग भेटेका थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्। कांग्रेसको केन्द्रीय

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौं – मन्त्रिपरिषद्  शिक्षा र स्वास्थ्यमा लिंदै आएको समता शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको