"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

वैशाख २ गतेबाट संसद् अधिवेशन अन्त्य गर्न सिफारिस

प्रकाशित मिति :  12 April, 2024 5:51 pm


काठमाडौं । संघीय संसद्को चालू अधिवेशन आगामी वैशाख २ गते अन्त्य हुने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले संसद्को चालू अधिवेशन वैशाख २ गते राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

संसद्को हिउँदे अधिवेशन गत माघ २२ गतेबाट सुरु भएको थियो । यसबीचमा संघीय संसद्ले तीन वटा विधेयक पारित गरेको छ । यस्तै, सरकारले राष्ट्रिय सभाको रिक्त सदस्य पदमा डा. अञ्जान शाक्यलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ३ बमोजिम दुवै आयोगका अध्यक्ष तथा सदस्यको नियुक्ति सिफारिस गर्न सिफारिस समिति गठन गर्ने निर्णय पनि गरेको छ ।

आयोगको अध्यक्षमा सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई तोक्ने निर्णय भएको छ ।यसैगरी, सरकारले सुन्तलालाई राष्ट्रिय फलको रुपमा मान्यता दिने निर्णय गरेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्। कांग्रेसको केन्द्रीय

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौं – मन्त्रिपरिषद्  शिक्षा र स्वास्थ्यमा लिंदै आएको समता शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको