"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

लुम्बिनीका मुख्यमन्त्री महराले पाए विश्वासको मत

प्रकाशित मिति :  12 April, 2024 6:21 pm


दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत पाएका छन् । शुक्रबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री महराले प्रदेशसभामा विश्वासको मतका लागि पेश गरेको प्रस्ताव बहुमतले पारित भएको हो ।

शुक्रबार प्रदेशसभामा कायम रहेको ८६ सदस्यमध्ये मुख्यमन्त्री महराले संविधानको १८८ को उपधारा १ बमोजिम प्रदेशसभामा विश्वासको मतका लागि पेश गरेको प्रस्तावको पक्षमा ४८ सांसदले मत दिएका छन् । उनको विपक्षमा २८ जनाले मतदान गरेका थिए ।

प्रदेशसभामा ३/३ सांसद रहेका राप्रपा र लोसपा भने अनुपस्थित रहे । माओवादी केन्द्रका नेता महरा एमालेका २९, नागरिक उन्मुक्तिका ४, जनता समाजवादी पार्टी (जसपा) ३, एकीकृत समाजवादी १ र स्वतन्त्र सांसद १ गरी ४८ सांसदको समर्थनमा २३ चैतमा मुख्यमन्त्री नियुक्त भएका थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्। कांग्रेसको केन्द्रीय

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्