"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेविसंघले खटायो ७५३ स्थानीय पालिकामा प्रतिनिधि [सुचि सहित]

प्रकाशित मिति :  16 April, 2024 1:56 pm


काठमाडौं । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले आफ्नो ५५ औं स्थापना दिवसको अवसर पारि ७५३ स्थानीय पालिकामा प्रतिनिधि खटाएको छ । प्रेषित परिपत्रमा केन्द्रीय सदस्य, स्वतन्त्र विद्यार्थी युनियन सभापति, एव विभिन्न इकाई सदस्य सम्मिलित प्रत्येक पालिकाका लागि एक एक जना केन्द्रीय प्रतिनिधि तोकेको हो ।

अनलाइन फारम मार्फत प्रतिनिधि जान चाहेको पालिका छनोट गर्न परिपत्र जारि गरेको थियो भने मिति २०८१ साल बैसाख ४ गते केन्द्रीय प्रतिनिधिसंग संयुक्त रुपमा अन्तरकृया गर्ने कार्यक्रम तय गरेको छ ।

गत चैत्र २२ गते त्रिभुवन विश्वविद्यालय स्मिर्ती भवनामा संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाको अध्यक्षतामा सम्पन्न केन्द्रीय समितिको बैठकमा भएका २४ निर्णय मध्य निर्णय नं २१ को पूर्ण कार्यान्वयन गर्न एवं विद्यालयमा अध्यनरत विद्यार्थीका साझा समस्या समाधान गर्न नेपालको संघिय संरचना अनुरुप ७५३ वटै पालिका स्थित विद्यालयहरुको वर्तमान शैक्षिक अवस्थाको अनुगमन, अध्ययन र अनुसन्धान गरी तत तत् का स्थानीय सरकारलाई नेपाल विद्यार्थी संघको स्थापना दिवस २०८१ शाल बैशाख ६ गते एकै दिन, एकै साथ सुझाब एव माग सहित ज्ञापन पत्र बुझाउने कार्यतालिका सार्वजनिक गरेको छ ।

यस अभियानले नेपालको आधारभूत र माध्यामिक तह सम्मको बिद्यालय शिक्षाको वर्तमान अवस्थाको अध्ययन तथा गुणस्तर अभिबृद्धि एव उन्नयन गर्न र ७५३ वटै पालिकाका आधारभूत र माध्यामिक विद्यालय तहमा देखिएका साझा समस्या समाधान खोज्न प्रयत्न गर्ने विस्वास नेविसंघ केन्द्रिय सदस्य नारायण पाण्डे बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कलैयाका तत्कालीन निमित्त कार्यालय प्रमुख किशोरीप्रसाद यादवमाथि करिव डेढ करोड रुपैयाँ बराबर भ्रष्टाचार

काठमाडौं – मालपोत कार्यालय रुपन्देही भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृत र सियारी गाउँपालिका-२ का तत्कालीन अध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ– सरकारले निजामती कर्मचारीलाई हरेक १५ दिनमा तलब भुक्तानी गर्ने प्रणालीको औपचारिक सुरुआत गरेको छ। अर्थ मन्त्रालयका अनुसार उक्त व्यवस्था पाइलट

काठमाडौं – झापाको दमकस्थित हिमालय माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा