"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

प्रकाशित मिति :  17 April, 2024 9:55 pm


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले भेटवार्ता गरेका छन् । भेटका लागि प्रधानमन्त्री दाहाल बुधबार अपरान्ह शितलनिवास पुगेका थिए ।

भेटमा समसामयिक विषयहरुमा छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । ‘यो नियमित भेट नै हो,’ उनले भने, ‘त्यस्तो विशेष भेटघाट होइन, मुलुकका पछिल्ला घटनाक्रमहरुका विषयमा प्रधानमन्त्रीले व्रिफिङ गर्नुभएको हो।’

संसद् बन्द रहेका बेला राष्ट्रपतिसँग भएको भेटमा प्रधानमन्त्री दाहालले सरकारले गर्न लागेको लगानी सम्मेलन र त्यसअघि गर्नैपर्ने कानूनको संशोधन गर्ने गरी अध्यादेशहरु ल्याउने विषयमा परामर्श गरेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्। कांग्रेसको केन्द्रीय

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्