"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

महालेखापरीक्षक रायद्वारा पद तथा गोपनीयताको शपथग्रहण

प्रकाशित मिति :  18 April, 2024 5:01 pm


काठमाडौँ । नवनियुक्त महालेखापरीक्षक तोयम रायाले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । बिहीबार शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नवनियुक्त महालेखापरिक्षक रायालाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल र मन्त्रीहरुलगायत संवैधानिक निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो ।

नेपाल सरकारको सचिव रहेका रायलाई सरकारले महालेखापरीक्षक नियुक्त गरेको हो । पूर्वअर्थसचिव समेत रहेका राय प्रधानमन्त्री कार्यालयमातहतको तथ्यांक कार्यालयमा सचिव थिए । महालेखापरीक्षक नियुक्तिका लागि सिफारिस भएपछि उनले पदबाट राजीनामा दिएका हुन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कलैयाका तत्कालीन निमित्त कार्यालय प्रमुख किशोरीप्रसाद यादवमाथि करिव डेढ करोड रुपैयाँ बराबर भ्रष्टाचार

काठमाडौं – मालपोत कार्यालय रुपन्देही भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृत र सियारी गाउँपालिका-२ का तत्कालीन अध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ– सरकारले निजामती कर्मचारीलाई हरेक १५ दिनमा तलब भुक्तानी गर्ने प्रणालीको औपचारिक सुरुआत गरेको छ। अर्थ मन्त्रालयका अनुसार उक्त व्यवस्था पाइलट

काठमाडौं – झापाको दमकस्थित हिमालय माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा