"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

भ्रष्टाचार मुद्दामा पौडेल पुर्पक्षका लागि कारागार चलान

प्रकाशित मिति :  25 April, 2024 11:49 am


काठमाडौँ ।  गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएका नेपाल टेलिकलका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल पुर्पक्षका लागि कारागार चलान भएका छन् । पौडेलिवरुद्धको मुद्दामा बुधबार विशेष अदालतले उनलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश गरेको हो । 

पौडेलविरुद्ध अख्तियारले वैशाख ९ मा २३ करोड ७५ लाख ४६ हजार ३२४ रुपैयाँ विगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेको थियो । सो मुद्दामा बुधबार भएको थुनछेक बहसपछि विशेष अदालतले पौडेललाई मुद्दाको किनारा नलागेसम्मका लागि कारागारमा राख्न आदेश दिएको अख्तियारका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए ।

अदालतको आदेशपछि पौडेललाई बुधबारै डिल्लीबजारस्थित कारागार चलान गरिएको छ । उनलाई विशेष अदालतले पेमेण्ट गेट वेको उपकरण र परामर्श सेवा खरिद प्रकरणमा गत शुक्रबार नै दोषी ठहर गरिसकेको छ । उनीविरुद्ध सरकारको अनुमति बिनानै सिंगापुरमा डलर खाता खोलेको र घुसवापत्‌को आर्जित सम्पत्ति उतै व्यवस्थापन गरेको अख्तियारको अनुसन्धानबाट खुलेको थियो ।

अख्तियारका सूचना अधिकारी रेग्मीले अदालतबाट प्रतिवादीका हकमा उपलब्ध तथ्य र प्रमाणलाई आधार मानी मुद्दाको किनारा नलागेसम्म कारागार चलान गर्न आदेश भएको बताए । उनलाई हिरासतमुक्त गर्दा विदेशी बैंकमा रहेको मुद्रा चलखेल गरी थप दुरुपयोग गर्न सक्ने समेतलाई आधार मानेर अदालतले थुनामा पठाएको हो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कलैयाका तत्कालीन निमित्त कार्यालय प्रमुख किशोरीप्रसाद यादवमाथि करिव डेढ करोड रुपैयाँ बराबर भ्रष्टाचार

काठमाडौं – मालपोत कार्यालय रुपन्देही भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृत र सियारी गाउँपालिका-२ का तत्कालीन अध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ– सरकारले निजामती कर्मचारीलाई हरेक १५ दिनमा तलब भुक्तानी गर्ने प्रणालीको औपचारिक सुरुआत गरेको छ। अर्थ मन्त्रालयका अनुसार उक्त व्यवस्था पाइलट

काठमाडौं – झापाको दमकस्थित हिमालय माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा