"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

इलाम र बझाङको उपनिर्वाचन उत्साहपूर्ण : निर्वाचन आयोग

प्रकाशित मिति :  28 April, 2024 11:21 am


काठमाडौं। शनिबार इलाम र बझाङ् जिल्लाको उपनिर्वाचन उत्साहजनक रुपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।

मतदानको विवरण आयोगको सूचना प्रणालीमा प्रविष्ट गर्नेक्रम जारी रहेको आयोगले जनाएको छ।आयोगका उपसचिव एवम् सहायक प्रवक्ता रामदत्त पाण्डेयले जारी गर्नुभएको विज्ञप्ति अनुसार इलाम जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ मा करिब ५८ प्रतिशत र बझाङ् जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र न १ मा करिब ५० प्रतिशत मतदान भएको छ।

उपनिर्वाचनमा इलाममा क्षेत्र नम्बर २ मा एक लाख १५ हजार ८८९ मतदाता र बझाङ क्षेत्र १ मा ६१ हजार ७४८ मतदाता रहेका थिए।

मतदान सम्पन्न भएका सबै मतदानस्थलबाट मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ढुवानीको कार्य भइरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।इलामको मतपेटिका मतगणनास्थल इलाम नगरपालिकाको वडा न ७ स्थित गौतम बुद्ध सभागृहमा राति ११ बजे र बझाङको मतपेटीका जिल्ला अदालत चैनपुरमा हवाइमार्गबाट आइबार बिहान १० बजेभित्र ढुवानी भइसक्ने गरी आवश्यक व्यवस्था मिलाइएको विज्ञप्तिमा उल्लेख छ। 

उपनिर्वाचन सम्पन्न गराउने कार्यमा भूमिका निर्वाह गर्ने पक्षलाई अयोगले धन्यवाद दिएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कलैयाका तत्कालीन निमित्त कार्यालय प्रमुख किशोरीप्रसाद यादवमाथि करिव डेढ करोड रुपैयाँ बराबर भ्रष्टाचार

काठमाडौं – मालपोत कार्यालय रुपन्देही भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृत र सियारी गाउँपालिका-२ का तत्कालीन अध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ– सरकारले निजामती कर्मचारीलाई हरेक १५ दिनमा तलब भुक्तानी गर्ने प्रणालीको औपचारिक सुरुआत गरेको छ। अर्थ मन्त्रालयका अनुसार उक्त व्यवस्था पाइलट

काठमाडौं – झापाको दमकस्थित हिमालय माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा