"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

रेडक्रस अनियमितता प्रकरण छानबिन गर्न समिति गठन

प्रकाशित मिति :  28 April, 2024 5:58 pm


काठमाडौँ । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयमा भएको भनिएको नीतिगत तथा आर्थिक भ्रष्टाचार छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ । 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट आइतबार समाज कल्याण परिषद्का कार्यसमिति सदस्यको संयोजकत्वमा समिति गठन गरिएको हो । छानबिन समितिमा परिषद्को अनुगमन विभाग प्रमुख, प्रशासन विभाग प्रमुख, कानुनी सल्लाहकार र चार्टर एकाउन्टेन्ट रहेका छन् ।

रेडक्रसमा नीतिगत तथा आर्थिक भ्रष्टाचार भएको विषय छानबिन गरी दोषीउपर कारबाही माग गर्दै उजुरीहरु परेको भन्दै त्यस सम्बन्धमा सत्य-तथ्य छानबिन गर्न समिति गठन गरिएको परिषद्का कामु निर्देशक दुर्गाप्रसाद भट्टराईले रेडक्रस कार्यालयलाई आइतबार गरेको पत्राचारमा उल्लेख छ । नीतिगत तथा आर्थिक भ्रष्टाचार विरुद्धका उजुरीउपर सत्य-तथ्य पत्ता लगाएर ४५ दिनभित्र सिफारिस सहितको प्रतिवेदन पेस गर्न समितिलाई कार्यादेश दिइएको छ । छानबिन समितिको प्रतिवेदन प्राप्त नभएसम्मका लागि दैनिक प्रशासनिकसम्बन्धी कार्य र आपतकालीन कार्यक्रमबाहेक संस्थालाई दीर्घकालीन असर पर्ने प्रकृतिका कार्यहरु नगर्नु/नगराउन रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयलाई निर्देशन दिइएको छ ।

आइतबार महिला मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई समेत बोधार्थ लेखी रेडक्रस केन्द्रीय कार्यालयलाई परिषद्ले पठाएको पत्रमा भनिएको छ, ‘संस्थालाई दीर्घकाीन असर पर्ने प्रकृतिका कार्यहरु नगर्नु/नगराउन हुन निर्णायानुसार जानकारी गराइन्छ ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्। कांग्रेसको केन्द्रीय

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्