"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

गल्याङ नगरपालिकाद्वारा २५६ बीउ बाख्रा वितरण

प्रकाशित मिति :  7 May, 2024 7:10 pm


स्याङ्जा । गल्याङ कृषि पशु उद्यमशीलता विकास परियोजना अन्तर्गत २५६ बीउ बाख्रा वितरण गरिएको छ । ‘भोकालाई एक छाक भोजन होइन, जीवन जीउने जुक्ति सिकाऔँ’ भन्ने मुल अभियान सहित आर्थिक समृद्धिको लागि साझेदारी कार्यक्रम सञ्चालन भएको छ ।

गल्याङ नगरपालिकाको आयोजनामा, कृषि पशु उद्यमशीलता विकास परियोजना अन्तर्गत नगरपालिकाको आर्थिक र हेफर प्रोजेक्ट नेपालको प्राविधिक सहयोगमा सञ्चालित समुह सदस्यहरुको लागि बीउ बाख्रा र बोका र बंगुर उपहार वितरण कार्यक्रम सम्पन्न भएको छ ।

गल्याङ नगरपालिका नगरप्रमुख गुरु प्रसाद भट्टराईका अनुसार विपन्न घर परिवारलाई आर्थिक अवस्थामा समृद्ध गराउने, महिलाहरुलाई सशक्तिकरण गर्ने, कृषि र पशु उपजलाई बजारीकरण गर्ने साथै युवा उधमीहरुको विकास गर्न जोड दिएको बताए ।

गल्याङ नगरपालिका विभिन्न वडाहरुमा उक्त कार्यक्रममा लागु भई २०० वटा बीउ बाख्रा र ५६ वटा बीउ बोका गरि जम्मा २५६ बटा बाख्रा वितरण गरिएको छ । स्थानीय उत्पादनहरुलाई बजारीकरण गर्ने उद्देश्यका साथ गल्याङ कृषि पशु उद्यमशीलता विकास परियोजना गल्याङ नगरपालिकाका ११ वटै वडाहरुमा सञ्चालन गरिएको छ ।

उक्त परियोजनामा गल्याङ नगरपालिका भित्रका विभिन्न वडाहरुमा गरि जम्मा महिला समूह ४४ र युवा समूह ६ गरि १४०० महिलाहरुको सहभागी रहेका थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिना (साउन-जेठ) मा २१ खर्ब २० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको

काठमाडौँ- मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार

काठमाडौं – गैरकानुनी सम्पत्ति आर्जन गरेर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासीको पाल्हीनन्दन गाँउपालिकाका पूर्वअध्यक्ष बैजु प्रसाद गुप्ताविरुद्ध