"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सभामुख–प्रमुख सचेतकबिचको छलफल निष्कर्ष विहीन

प्रकाशित मिति :  12 May, 2024 7:48 pm


काठमाडौँ । नेपाली कांग्रेसको अवरोधका कारण गतिरोध उत्पन्न अन्त्य गर्न सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूसँग गरेको छलफल बिनानिष्कर्ष टुंगिएको छ। घिमिरेले मंगलबार संयुक्त सदनमा पेस हुने सरकारको नीति तथा कार्यक्रम साथै सदनको अवरोध हटाउनेलगायतका विषयमा कानुनमन्त्री र प्रमुख दलका सचेतकहरूसँग छलफल गरेका थिए।

बैठकबाट बाहिरिँदै नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने आफूहरूको अडान सभामुखसमक्ष दोहोर्‍याएको बताए।

उनले सदन सुचारु गर्ने विषय सरकारको भूमिकामा भर पर्ने जिकिर गरे। ‘सरकारले कसरी डिल गर्छ त्यसमा भर पर्छ। हामीले संसदीय समिति छानबिनको अडान सभामुखसमक्ष पनि दोहोर्‍याएका छौं। प्रधानमन्त्रीले कुन मार्गबाट निकास दिनुहुन्छ। त्यो उहाँको काम हो’, उनले भने।

सत्तारुढ घटक नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्षले उठाएको संसदीय छानबिन समितिको विषय कानून सम्वत् नभएको जिकिर गरे।

‘नेपाली कांग्रेसले समितिको नाममा सरकार माग गरेको हो। त्यो सम्भव छैन। नेपाली कांग्रेसले आत्महत्या नै गर्छु भने पनि छानबिन समिति बन्दैन।’ सहकारी ठगीमा संलग्नलाई कारबाही र बचतकर्ताको जोखिममा परेको रकम फिर्ताका लागि सरकारलाई सहयोग गर्न एमाले तयार रहेको उनको भनाइ छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौं – मन्त्रिपरिषद्  शिक्षा र स्वास्थ्यमा लिंदै आएको समता शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्