"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सभामुख–प्रमुख सचेतकबिचको छलफल निष्कर्ष विहीन

प्रकाशित मिति :  12 May, 2024 7:48 pm


काठमाडौँ । नेपाली कांग्रेसको अवरोधका कारण गतिरोध उत्पन्न अन्त्य गर्न सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूसँग गरेको छलफल बिनानिष्कर्ष टुंगिएको छ। घिमिरेले मंगलबार संयुक्त सदनमा पेस हुने सरकारको नीति तथा कार्यक्रम साथै सदनको अवरोध हटाउनेलगायतका विषयमा कानुनमन्त्री र प्रमुख दलका सचेतकहरूसँग छलफल गरेका थिए।

बैठकबाट बाहिरिँदै नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने आफूहरूको अडान सभामुखसमक्ष दोहोर्‍याएको बताए।

उनले सदन सुचारु गर्ने विषय सरकारको भूमिकामा भर पर्ने जिकिर गरे। ‘सरकारले कसरी डिल गर्छ त्यसमा भर पर्छ। हामीले संसदीय समिति छानबिनको अडान सभामुखसमक्ष पनि दोहोर्‍याएका छौं। प्रधानमन्त्रीले कुन मार्गबाट निकास दिनुहुन्छ। त्यो उहाँको काम हो’, उनले भने।

सत्तारुढ घटक नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्षले उठाएको संसदीय छानबिन समितिको विषय कानून सम्वत् नभएको जिकिर गरे।

‘नेपाली कांग्रेसले समितिको नाममा सरकार माग गरेको हो। त्यो सम्भव छैन। नेपाली कांग्रेसले आत्महत्या नै गर्छु भने पनि छानबिन समिति बन्दैन।’ सहकारी ठगीमा संलग्नलाई कारबाही र बचतकर्ताको जोखिममा परेको रकम फिर्ताका लागि सरकारलाई सहयोग गर्न एमाले तयार रहेको उनको भनाइ छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता

काठमाडौँ- सरकारले प्रत्येक वर्ष भदौ २३ लाई जेनजी सहिद दिवसका रूपमा मनाउने निर्णय गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी