"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

दीपेन्द्र टी-२० विश्व वरीयताको अलराउन्डरको शीर्ष १० सूचीमा

प्रकाशित मिति :  15 May, 2024 3:29 pm


काठमाडौँ । नेपाली क्रिकेट राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आइसिसी टी-२० को अलराउन्डरको वरीयताको शीर्ष १० भित्र पर्न सफल भएका छन्। उनी एक स्थान माथि उक्लदै दशौं स्थानमा आइपुगेका हुन्। अलराउन्डरको वरीयताको शीर्ष स्थानमा बंगलादेशका शकिब अल हशन छन्।

दोस्रो स्थानमा श्रीलंकाका विनन्दु हर्षरंगा, तेस्रो स्थानमा अफगानिस्तानका मोहमद नाबी, चौथो स्थामा जिम्बावेका सिकन्दर राजा, पाँचौं स्थानमा दक्षिण अफ्रिका एडिन मक्रम, छैटौं स्थानमा अस्ट्रेलियाका मार्कस स्टोइनिस, सातौं स्थानमा भारतका हार्दिक पाण्ड्या, आठौं र नवौं स्थानमा इंग्ल्यान्डका लियाम लिभिङस्टोन र मोइन अली छन्। 

दशौं स्थानमा रहेका नेपालका दीपेन्द्रले पाकिस्तानका शादब खानलाई पछि पारेका हुन्। अलराउन्डरको वरीयतामा नेपालका कुशल मल्ल ३२औं, गुल्सन झा ६०औं, रोहित पौडेल ६५औं  र करण केसी ७४औं स्थानमा छन्।  दीपेन्द्र ब्याट्सम्यानतर्फको वरीयतामा ५०औं स्थानमा छन्। यो वरीयतामा रोहित पौडेल ६१औं र आसिफ शेख ८६औं स्थानमा छन्। ब्याट्सम्यानको वरीयताको शीर्ष स्थानमा भारतका सूर्यकुमार यादव छन्। 

बलरको वरीयतामा शीर्ष सय भित्र नेपालका सोमपाल कामी (९२औं स्थान) मात्र छन्। बलरको शीर्ष स्थानमा इंग्ल्यान्डका आदिल रसिद छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत बुधबार भएको खेलमा नेपाल ओमानसँग पराजित भएको छ। ३०६ रनको लक्ष्य पछ्याएको नेपाल ३६.५ ओभरमा

काठमाडौं – खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कलैयाका तत्कालीन निमित्त कार्यालय प्रमुख किशोरीप्रसाद यादवमाथि करिव डेढ करोड रुपैयाँ बराबर भ्रष्टाचार

काठमाडौं – मालपोत कार्यालय रुपन्देही भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृत र सियारी गाउँपालिका-२ का तत्कालीन अध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ– सरकारले निजामती कर्मचारीलाई हरेक १५ दिनमा तलब भुक्तानी गर्ने प्रणालीको औपचारिक सुरुआत गरेको छ। अर्थ मन्त्रालयका अनुसार उक्त व्यवस्था पाइलट