"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसद्मा कांग्रेस र एमाले सांसदबीच धकेलाधकेल [भिडियो हेर्नुहोस]

प्रकाशित मिति :  16 May, 2024 7:18 pm


काठमाडौँ । प्रमुख प्रतिपक्षी कांग्रेसको अवरोधकाबीच सभामुख देवराज घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई बोल्ने समय दिएपछि कांग्रेस र एमाले सांसदबीच धकेलाधकेल भएको छ । सभामुख घिमिरेले गृहमन्त्री रवि लामिछानेले बोल्न समय दिएका थिए । त्यसपछि कांग्रेस र एमाले सांसदबीच धकेलाधकेलको अवस्था आएको हो । यो अवस्थाका कारण गृहमन्त्रीले बोल्न भने पाएनन् ।

सभामुख घिमिरेले राष्ट्रपति कार्यालयबाट विधेयक प्रमाणीकरण भएर आएको पत्र पढेर सुनाएका छन् ।पहिलो पत्र पढेर अर्को पत्रमा प्रवेश गर्न लागेपछि कांग्रेस सांसदहरूले चर्का नाराबाजी गरेपछि सभामुख घिमिरे रोकिए । कांग्रेसको विरोधकाबीच अघि बढ्न खोजेपछि राप्रपा र लोसपाले पनि उभिएर विरोध गरे ।

कांग्रेस सांसदहरुले जबर्जस्ती बन्द गर्न भन्दै पनि नाराबाजी गरेका छन् । उनीहरुले संसदीय मर्यादा कायम गर्न पनि माग गरेका छन् । सहकारी ठगलाई कार्बाही गर्न भन्दै कांग्रेस सांसदहरुले नाराबाजी गरे ।

सांसदहरुले केही बेर नाराबजी गरेपछि सभामुख घिमिरेले राष्ट्रपतिले पठाएको वैशाख ३१ मा मन्त्री र राज्यमन्त्री नियुक्तिको पत्र पढेर कार्यसूची अघि बढाए । त्यसपछि उनले गृहमन्त्री लामिछानेलाई बोल्नका लागि समय दिए । त्यसपछि कांग्रेस सांसदहरुले लामिछानेलाई रोस्ट्रममा जानबाट रोके । त्यसपछि एमाले सांसदहरू पनि सिटबाट उठेर बाटो खुलाउन अघि सरे । एमाले संसदीय दलका नेता केपी शर्मा ओली नै बाटो खुलाउन अघि सरेपछि सांसदहरूबीच धकेलाधकेलको अवस्था आयो । त्यसपछि सभामुख घिमिरेले शुक्रबारसम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित गरेका छन् ।

भिडियो हेर्नुहोस –



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुसी ल्याउनसक्ने विकास आजको आवश्यकता भएको बताएका छन्।  ललितपुर महानगरपालिकाको

काठमाडौँ – निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई विभिन्न २० बुँदे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई