"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

आइपिएलको प्लेअफ समीकरण पूरा

प्रकाशित मिति :  20 May, 2024 12:35 pm


काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफ समीकरण पूरा भएको छ। गएराति लिग चरणको अन्तिम खेलमा राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्सले अंक बाँढेपछि प्लेअफ समीकरण पूरा भएको हो।

गएरातिको खेल वर्षाका कारण  प्रभावित भएपछि दुवै टोलीले एक/एक अंक बाढेका हुन्। अंक तालिकामा कोलकाता नाइट राइडर्स शीर्ष स्थानमा, सनराइजर्स हैदरावाद दोस्रो स्थानमा, तेस्रो स्थानमा राजस्थान रोयल्स र चौथो स्थानमा रोयल च्यालेञ्जर्स बैंगलुरू छन्।

पहिलो र दोस्रो स्थानमा रहेका कोलकाता र हैदरावादले प्लेअफ खेल्नेछ। खेल भोलि साँझ पौने ८ बजे नरेन्द्र मोदी स्टेडियममा हुनेछ। जित्ने टिम फाइनल पुग्नेछ।  त्यस्तै तेस्रो स्थानको राजस्थान र चौथो स्थानको बैंगलुरूले बुधबार एलिमिनेटर खेल्नेछ।  

एलिमिनेटरमा पराजित हुने टिम आइपिएलबाट बाहिरिनेछ भने जित्ने टिमले क्लालिफायरमा पराजित भएको टिमसँग फाइनलमा पुग्नका लागि खेल्नेछ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ जुन ११ देखि सुरु भई जुलाई १९ सम्म सञ्चालन हुँदैछ। यस पटक ४८

काठमाडौँ-  नेपालले एसियन गेम्स छनोट २०२६ को उपाधि जितेको छ। जापानमा आगामी सेप्टेम्बरमा हुने एसियन गेम्सको छनोट प्रतियोगिताको फाइनलमा हङकङलाई

काठमाडौँ-  रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ। आइतबार राति भएको फाइनलमा गुजरात

काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार