"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सिरोहियालाई ३ दिन हिरासतमा राख्न अनुमति

प्रकाशित मिति :  22 May, 2024 3:31 pm


वीरगन्ज । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न धनुषा जिल्ला अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालतका श्रेस्तेदार कैलाश प्रसाद भट्टराईका अनुसार जिल्ला न्यायाधीश चुरामन खड्काले बुधबार दुवै पक्षको बहस सुनेपछि ३ दिन थुनामा राख्न अनुमति दिएका हुन् ।

सिरोहियालाई मंगलबार प्रहरीले काठमाडौँबाट पक्राउ गरी धनुषा लगेको हो । उनले दोहोरो नागरिकता लिएको आरोपमा परेको उजुरीमाथि प्रहरीले आवश्यक कारबाही प्रक्रिया अघि बढाएको हो । सोही क्रममा धनुषा प्रहरीले उनीविरुद्ध जिल्ला अदालतबाट पक्राउ पूर्जी लिएको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कलैयाका तत्कालीन निमित्त कार्यालय प्रमुख किशोरीप्रसाद यादवमाथि करिव डेढ करोड रुपैयाँ बराबर भ्रष्टाचार

काठमाडौं – मालपोत कार्यालय रुपन्देही भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृत र सियारी गाउँपालिका-२ का तत्कालीन अध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ– सरकारले निजामती कर्मचारीलाई हरेक १५ दिनमा तलब भुक्तानी गर्ने प्रणालीको औपचारिक सुरुआत गरेको छ। अर्थ मन्त्रालयका अनुसार उक्त व्यवस्था पाइलट

काठमाडौं – झापाको दमकस्थित हिमालय माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा