"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

बेलायतका प्रधानमन्त्री ऋषि सुनकले गरे आमनिर्वाचन घोषणा

प्रकाशित मिति :  १० जेष्ठ २०८१, बिहीबार १३:१२


काठमाडौं । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले आगामी जुलाई ४ मा आम निर्वाचन घोषणा गरेका छन् । नियमित तालिकाअनुसार सन् २०२५ मा निर्वाचन हुनुपर्नेमा प्रधानमन्त्री सुनकले ७ महिनाअघि नै चुनावको मिति घोषणा गरिदिएका हुन् । उनले बुधबार राति लण्डनस्थित डाउनिङ्ग स्ट्रिटबाट चुनावको मिति घोषणा गरेको बीबीसीले जनाएको छ । अप्रत्यासित रुपमा चुनावको मिति घोषणा गर्दै उनले बेलायतका लागि आफ्नो भविष्य चुन्ने समय आएको बताए ।

राजा चार्ल्स तेस्रोलाई चुनावको मितिबारे जानकारी गराउनासाथ वर्तमान संसद भंग गरिने छ । त्यसपछि चुनावी प्रक्रिया सुरु हुने छ । सम्भवतः शुक्रबारदेखि चुनावी प्रक्रिया सुरु हुने बीबीसीले जनाएको छ । उनले २०२२ अक्टुबरमा प्रधानमन्त्रीको पदभार ग्रहण गरेका थिए । बेलायतमा जनवरी २०२५ मा आम चुनाव हुने सम्भावना थियो । चुनावको मिति घोषणाका लागि उनलाई डिसेम्बर महिनासम्म समय थियो ।

सन् २०२२ मा फिक्स्ड टर्म इलेक्सन एक्ट रद्द भएपछि बेलायतका प्रधानमन्त्रीले आफूलाई अनुकूल समयमा चुनावको मिति घोषणा गर्ने बाटो खुलेको छ । ऋषि सुनकले चुनाव घोषणा गर्दै भने, ‘बितेका पाँच वर्ष देशका लागि दोस्रो विश्वयुद्ध पछिको सबैभन्दा चुनौतीपूर्ण रह्यो । आगामी दिनमा म तपाईंहरुको हरेक भोटका लागि लड्नेछु । हामीसँग स्पष्ट योजना छ ।’

चुनाव घोषणाअघि एकपछि अर्को गर्दै क्याबिनेट मन्त्रीहरू प्रधानमन्त्री सुनकको कार्यालयमा प्रवेश गरेका थिए । बीबीसीका अनुसार सत्तारुढ कन्जरभेटिभ पार्टीका केही सदस्यहरूले ऋषि सुनकविरुद्ध अविश्वासको माग गरेका थिए । एक जना सांसदले पार्टीको वर्तमान अवस्था दुःखद रहेको समेत बताएका छन् ।

सामान्यतया बेलायतमा बिहीबारको दिन आम निर्वाचन हुने गरेको थियो । यो अभ्यास २७ अक्टोबर १९३१ देखि गरिएको थियो । त्यसअघि मंगलबारको दिन चुनाव हुने गरेको थियो । यसपटक पनि बिहीबार पारेर मिति घोषणा गरिएको छ । बेलायतको अभ्यास अनुसार संसद्को पहिलो बैठकको पाँचौं वार्षिकोत्सवपछि मात्र संसद् विघटन हुन्छ । वर्तमान संसदको वार्षिकोत्सव १७ डिसेम्बर २०२४ मा हुने तय भएको थियो ।

संसद् विघटनपछि निर्वाचनको तयारीका लागि २५ कार्यदिन दिइएको छ । यदि उचित प्रक्रिया अपनाएको भए बेलायतमा सन् २०२५ को जनवरी २८ सम्म चुनाव हुनेथियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल उपकरण खरिद गर्दा भ्रष्टाचार गरेको कसुरमा दोषी ठहर भएका छन् ।

मनाङ- गृहमन्त्री रमेश लेखकले हरेक स्थानमा हुने विपद्मा उद्धार र सीमा सुरक्षामा सशस्त्र प्रहरी बल अब्बल बन्दै गएको बताएका छन्। आज

काठमाडौं – अब स्वास्थ्य बीमा गरेका व्यक्तिहरूले आफू बसेकै स्थानमा ‘प्रस्थान विन्दु’ (प्रथम सेवा विन्दु) कायम गरेर सेवा लिन सक्ने

काठमाडौँ – आज मे दिवस अर्थात् यस वर्षको १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस विविध कार्यक्रम गरी मनाइँदैछ ।श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको