"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एसिया कप क्रिकेट : प्रारम्भिक महिला क्रिकेट टोलीको घोषणा

प्रकाशित मिति :  23 May, 2024 2:19 pm


काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले जुलाई १९ देखि २८ तारिखसम्म श्रीलङ्कामा आयोजना हुने एसिसी महिला एसिया कप क्रिकेटका लागि प्रारम्भिक टोली घोषणा गरेको छ ।

क्यानले बिहीबार इन्दु बर्माको कप्तानीमा २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो । एसियाली क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा हुने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ ।

नेपालको समूहमा भारत, पाकिस्तान र संयुक्त अरब इमिरेट्स (युएई) रहेको छ । यस्तै समूह ‘बी’ मा आयोजक श्रीलङ्का, बङ्गलादेश, मलेसिया र थाइल्यान्ड रहेका छन् । नेपालले जुलाई १९ मा पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपालले समूहको दोस्रो खेल जुलाई २१ मा युएई र तेस्रो खेल जुलाई २३ मा भारतसँग खेल्नेछ । 

प्रारम्भिक टोली :

इन्दु बर्मा (कप्तान), सबनम राई, रुबिना छेत्री, सीता रानामगर, खुसी डङ्गोल, विन्दु रावल, कविता कुँवर, रुबी पोदार (विकेटकिपर), लक्ष्मी साउद, सम्झना खड्का, अलिशा खाडिया, कविता जोशी, अप्सरी बेगम, काजोल श्रेष्ठ, करुणा भण्डारी, पूजा महतो, अस्मिना कर्माचार्य, डोली भट्ट, सङ्गीता राई, आरति महतो, रोमा थापा, सावित्री धामी, ममता चौधरी, यशोदा विष्ट, किर्तिका मरासिनी, सोनी पाख्रिन, राजमति ऐरी र हेलिशा गुरुङ । 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ जुन ११ देखि सुरु भई जुलाई १९ सम्म सञ्चालन हुँदैछ। यस पटक ४८

काठमाडौँ-  नेपालले एसियन गेम्स छनोट २०२६ को उपाधि जितेको छ। जापानमा आगामी सेप्टेम्बरमा हुने एसियन गेम्सको छनोट प्रतियोगिताको फाइनलमा हङकङलाई

काठमाडौँ-  रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ। आइतबार राति भएको फाइनलमा गुजरात

काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार