"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एसिया कप क्रिकेट : प्रारम्भिक महिला क्रिकेट टोलीको घोषणा

प्रकाशित मिति :  23 May, 2024 2:19 pm


काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले जुलाई १९ देखि २८ तारिखसम्म श्रीलङ्कामा आयोजना हुने एसिसी महिला एसिया कप क्रिकेटका लागि प्रारम्भिक टोली घोषणा गरेको छ ।

क्यानले बिहीबार इन्दु बर्माको कप्तानीमा २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो । एसियाली क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा हुने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ ।

नेपालको समूहमा भारत, पाकिस्तान र संयुक्त अरब इमिरेट्स (युएई) रहेको छ । यस्तै समूह ‘बी’ मा आयोजक श्रीलङ्का, बङ्गलादेश, मलेसिया र थाइल्यान्ड रहेका छन् । नेपालले जुलाई १९ मा पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपालले समूहको दोस्रो खेल जुलाई २१ मा युएई र तेस्रो खेल जुलाई २३ मा भारतसँग खेल्नेछ । 

प्रारम्भिक टोली :

इन्दु बर्मा (कप्तान), सबनम राई, रुबिना छेत्री, सीता रानामगर, खुसी डङ्गोल, विन्दु रावल, कविता कुँवर, रुबी पोदार (विकेटकिपर), लक्ष्मी साउद, सम्झना खड्का, अलिशा खाडिया, कविता जोशी, अप्सरी बेगम, काजोल श्रेष्ठ, करुणा भण्डारी, पूजा महतो, अस्मिना कर्माचार्य, डोली भट्ट, सङ्गीता राई, आरति महतो, रोमा थापा, सावित्री धामी, ममता चौधरी, यशोदा विष्ट, किर्तिका मरासिनी, सोनी पाख्रिन, राजमति ऐरी र हेलिशा गुरुङ । 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्सलाई ३४ रनले पराजित गर्दै पोखरा एभेन्जर्स विजयी भएको छ। कीर्तिपुरस्थित

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौँ — नेपाल ट्वान्टी–२० विश्वकपको कठिन समूहमा परेको छ । फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा हुने

काठमाडौँ – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आज (मंगलबार) को दोस्रो खेलमा विराटनगर किङ्सले उत्कृष्ट जित निकालेको छ। पहिलो दुई