"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

दयाहाङ भन्छन् : कलाकारले वन्यजन्तुको भाव र आवश्यकता बुझ्न सक्नुपर्छ

प्रकाशित मिति :  23 May, 2024 2:37 pm


काठमाडौँ । फिल्म क्षेत्रमा चर्चित नाम हो दयाहाङ राई। राईका कैयौँ फिल्मले दर्शकको मन जित्न सफल भएको छ। हिरोइज्म मात्रै फिल्म हो भन्ने भाष्यलाई उनले तोड्न सफल भएका छन्। उनी अभिनीत फिल्म हिरोइज्म कम, डकुमेन्ट्री ज्यादा लाग्छ।  दर्शकलाई डकुमेन्ट्री फिल्मको स्वाद पस्किने अभिनेता हुन् दयाहाङ। रंगमञ्चबाट फिल्म क्षेत्रमा प्रवेश गरेका उनले पछाडि फर्कनु परेको छैन।

उनी कुनै न कुनै रूपमा  रंगमञ्चसँग जोडिन्छन्। दयाहाङ रेडपाण्डाको संरक्षण दूत भएपछि वन्यजन्तु संरक्षणलाई पनि कलासँग जोड्न सफल भएका छन्। दयाहाङले लोपोन्मुख वन्यजन्तु रेडपाण्डामा आधारित जनचेनतामूलक भिडियो सार्वजनिक गरेका छन्। यसैलाई कुनै दिन पूरा कथासहित रंगमञ्चमा ल्याउने उनकाे बाचा छ।

नेपथ्यमा दयाहाङ कविता वाचन गरिहन्छन्। संवादलाई चरित्रमार्फत कलाकारहरू हाकुपटासी र घलेक लगाएर बुर्लुक बुर्लुक उफ्रिन्छन्, खेल्छन्, डराएझैँ गर्छन्। आफ्ना कथा व्यक्त गर्छन्। करिब तीन मिनेटको भिडियोमा कलाकारहरू रेडपाण्डाको चरित्रमा छन्।

रेडपाण्डा संरक्षणमा कार्यरत संस्था रेडपाण्डा नेटवर्क र मण्डला थिएटरको सहकार्यमा अभिनेता राईले जनचेतनामूलक भिडियो (पीएसए) निर्देशन गरेका छन्। मण्डलामै कार्यक्रम गर्दै निर्माण टिमले उक्त भिडियो सार्वजनिक गरेको हो। रेडपाण्डाकै आकारमा अन्तिममा कलाकारहरू प्रस्तुत हुँदा कलात्मकता थपिएको छ। जसमा कलाकारको मेहनत झल्किनुका साथै छोटो भिडियोले पनि दर्शकको मनमा रेडपाण्डाबारे कौतुहलता जगाउँछ।

नाटकीय शैलीमा प्रस्तुत उक्त भिडियोमा कलाकारहरू रेडपाण्डालाई प्रकृति र मानव अस्तित्वबीचको सन्तुलनको प्रतीकका रूपमा प्रस्तुत भएका छन्। मण्डला थिएटर र बालाजु फिल्म स्टुडियोमा छायांकन गरिएको भिडियोका छायाकार हरि हुमागाईं हुन्। उक्त भिडियो बेनुका राईको संगीत निर्देशन, अनुप न्यौपानेको कविता लेखन, सोमनाथ खनाल र अर्जुन कार्कीको प्राविधिक निर्देशन, सम्पादन र कलरिस्टमा अर्जुन कार्की, प्रमीला खनालको कोरियोग्राफीमा भिडियो बनेको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कलैयाका तत्कालीन निमित्त कार्यालय प्रमुख किशोरीप्रसाद यादवमाथि करिव डेढ करोड रुपैयाँ बराबर भ्रष्टाचार

काठमाडौं – मालपोत कार्यालय रुपन्देही भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृत र सियारी गाउँपालिका-२ का तत्कालीन अध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ– सरकारले निजामती कर्मचारीलाई हरेक १५ दिनमा तलब भुक्तानी गर्ने प्रणालीको औपचारिक सुरुआत गरेको छ। अर्थ मन्त्रालयका अनुसार उक्त व्यवस्था पाइलट

काठमाडौं – झापाको दमकस्थित हिमालय माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा