"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सत्तापक्ष र विपक्षको संयुक्त बैठक निष्कर्षविहिन

प्रकाशित मिति :  27 May, 2024 12:29 pm


काठमाडौं । संसद्को गतिरोध अन्त्य गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेको प्रयास अझै सार्थक बन्न सकेको छैन। प्रधानमन्त्रीको पहलमा प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको सत्ता र प्रतिपक्षी दलहरूको बैठक पनि निष्कर्षमा पुग्न सकेन। तर, आजै साँझ पुनः छलफलमा बस्ने दुवै पक्षीय नेताहरूले बताएका छन्।

सत्ता र प्रतिपक्षको बैठकअघि प्रधानमन्त्रीले दुवै पक्षीय दलका नेताहरूसँग अलग–अलग पनि छलफल गरेका थिए। सहकारीको रकम अपचलनमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै कांग्रेसले नाम उल्लेख गरेरै संसदीय छानबिन समिति गठनको अडान राख्दै आएको छ।

संसदीय छानबिन समिति गठन गर्न सरकार तयार भए पनि नाम किटेरै उल्लेख गर्ने कांग्रेसको मागमा भने सहमति जुट्न सकेको छैन। सहमति नजुट्दा पटकपटक सदन अवरुद्ध भइरहेको छ।

भोलि १५ जेठमा सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुनुपर्नेछ। तर, सदन सहज नबन्दा प्रधानमन्त्रीले सहमतिका लागि प्रयास गरिरहेका हुन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सभामुख डोलप्रसाद अर्यालले कानुन निर्माण गर्दा तीन तहका सरकारबिच समन्वय एवं सहकार्य हुनुपर्ने बताएका छन् । अन्तर व्यवस्थापिका मञ्चले टीकापुरमा

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन्। राष्ट्रपति पौडेलले आज (बिहीबार) शुभकामना

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी