"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सत्तापक्ष र विपक्षको संयुक्त बैठक निष्कर्षविहिन

प्रकाशित मिति :  27 May, 2024 12:29 pm


काठमाडौं । संसद्को गतिरोध अन्त्य गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेको प्रयास अझै सार्थक बन्न सकेको छैन। प्रधानमन्त्रीको पहलमा प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको सत्ता र प्रतिपक्षी दलहरूको बैठक पनि निष्कर्षमा पुग्न सकेन। तर, आजै साँझ पुनः छलफलमा बस्ने दुवै पक्षीय नेताहरूले बताएका छन्।

सत्ता र प्रतिपक्षको बैठकअघि प्रधानमन्त्रीले दुवै पक्षीय दलका नेताहरूसँग अलग–अलग पनि छलफल गरेका थिए। सहकारीको रकम अपचलनमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै कांग्रेसले नाम उल्लेख गरेरै संसदीय छानबिन समिति गठनको अडान राख्दै आएको छ।

संसदीय छानबिन समिति गठन गर्न सरकार तयार भए पनि नाम किटेरै उल्लेख गर्ने कांग्रेसको मागमा भने सहमति जुट्न सकेको छैन। सहमति नजुट्दा पटकपटक सदन अवरुद्ध भइरहेको छ।

भोलि १५ जेठमा सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुनुपर्नेछ। तर, सदन सहज नबन्दा प्रधानमन्त्रीले सहमतिका लागि प्रयास गरिरहेका हुन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुसी ल्याउनसक्ने विकास आजको आवश्यकता भएको बताएका छन्।  ललितपुर महानगरपालिकाको

काठमाडौँ – निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई विभिन्न २० बुँदे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई