"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

क्यानडासँगको अभ्यास खेलमा नेपाल पराजित

प्रकाशित मिति :  29 May, 2024 1:02 pm


काठमाडौँ । विश्वकपको तयारीका लागि क्यानडासँगको वार्मअफ खेलमा नेपाल पराजित भएको छ। मंगलबार राति सम्पन्न खेलमा नेपाल ६३ रनले पराजित भएको हो। क्यानडाले दिएको १८४ रनको लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा १२० रन मात्रै बनाउन सक्यो। नेपालका कुशल मल्लले सर्वाधिक ३७ रन बनाए। ३० बल खेलेका उनले २ चौका र २ छक्का प्रहार गरे।

अनिलकुमार साह २४, आशिफ शेख २२ र कुशल भुर्तेल १० रनमा आउट हुँदा अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन्। क्यानडाका डिलोन हेलिगरले सर्वाधिक ४ विकेट लिए। २.३ ओभर बलिङ गरेका उनले २० रन खर्चिए। जेरेमी गोर्डन र साद बिन जफरले २र२ विकेट लिँदा पर्गट सिंह र कलीम सानाको नाममा १र१ विकेट रह्यो।

त्यसअघि ग्रान्ड प्रेरी स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको क्यानडाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८३ रन बनाएको थियो। क्यानडका निकोलस किर्टनले सर्वाधिक ५२ रन बनाए। ३९ बल खेलेका उनले ४ चौका र २ छक्का प्रहार गरे। नवनीत धालिवाल ३२, पर्गट सिंह १३ र अरोन जोन्सन १० रनमा आउट हुँदा रविन्द्रपाल सिंह ४१ र डिलोन हेलिगर १३ रनमा अविजित रहे।

नेपालका अविनाश बोहराले सर्वाधिक २ विकेट लिए। करण केसी, सोमपाल कामी, गुल्शनकुमार झा, सागर ढकाल र ललितनारायण राजवंशीले १र१ विकेट लिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले ट्वान्टी–२० विश्वकप क्रिकेटमा मंगलबार स्कटल्यान्डलाई ७ विकेटले पराजित गरेको छ । दीपेन्द्रले लगातार दोस्रो

काठमाडौँ — आइसिसी टी-२० विश्वकप २०२६ मा समूहको लगातार तेस्रो खेलमा पराजित भएसँगै नेपाल बाहिरिएको छ।  नेपाल स्कटल्यान्डसँगको समूह ‘सी’

काठमाडौँ — फितलो ब्याटिङ गरेको नेपालले ट्वान्टी–२० विश्वकपको इटालीसँग १० विकेटले पराजित भएको छ । पहिलो पटक विश्वकपमा खेलिरहेको इटालीले एकतर्फी

काठमाडौँ-  आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’को पाँचौँ खेलमा नेपालले विश्व क्रिकेटको महारथि इंगल्याण्डलाई अन्तिम बलसम्म जसरी स्तब्ध