"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

रमणीय गोदावरीमा पाराडाइज हिल्सको आकर्षण बढ्दो

प्रकाशित मिति :  18 March, 2022 3:06 pm


ललितपुर । गोदावरी नगरपालिकाको बाँडेगाउँमा प्याराडाइज हिल्स सञ्चालनमा आएदेखि ग्राहकहरुमा छुट्टै आकर्षण बढेको छ । सांस्कृतिक रुपमा महत्व रहेको बाराही मन्दिर नजिकै प्याराडाइज हिल्सबाट मनोरम दृश्य हेर्न सकिन्छ ।
बाँडे गाउँमा प्याराडाइज हिल्स होटल एण्ड रिसोर्ट सञ्चालनमा आएदेखि त्यस वरपरका सामाजिक, धार्मिक र सांस्कृतिक महत्वका स्थानहरुमा समेत चहलपहल बढेको देखिन्छ ।





स्वेत बाराही मन्दिरको नजिकै ३ रोपनी जग्गामा सञ्चालनमा आएको होटल निकै सुविधा सम्पन्न रहेको छ । १४ वटा डिलक्स रुम सहित संचालनमा आएको सो होटलमा सुविधा सम्पन्न रेष्टुरेन्ट, व्याङक्युट र कन्फ्रेन्स हल रहेको छन् ।
ललितपुरको सातदोवाटोबाट तिन किलोमिटर दुरीमा बाडेगाउँमा रहेको पाराडाइज हिल्समा आत्मीय आतिथ्यता, बेग्लै स्वादका परिकारहरु, सेवा सुविधाजनक रेष्टुरेन्ट, बार, व्याङक्युट, सेमिनार हल, साउना र स्टिमलगायत सुविधा पनि रहेको छ ।


इभेन्ट म्यानेजमेन्ट, पिकनिक, फेमिली ग्यादरिङ, मिटिङ, सेमिनार, विवाह, वर्थडे लगायतका विभिन्न पार्टी गर्नको लागि सो होटल निकै उपयुक्त रहेको छ । शान्त र रमणिय वातावरण होटलको आर्को सवल पक्ष हो । होटलमा कार्यक्रम गर्नका लागि कन्फ्रेन्स हल र प्रयाप्त पार्किङको सुविधा पनि रहेको छ ।

होटलको व्यवस्थापन हस्पिटालिटी क्षेत्रमा काम गर्दै आइरहेको कम्पनी प्याराडाइज इनले गरेको छ । आन्तरिक तथा वाह्य पर्यटकलाई लक्षित गरी होटल सञ्चालनमा आएको हो ।









यहाँहरुको सहजताका लागि होटलले आफ्नो वेवसाईट र सम्पर्क ठेगाना उपलब्ध गराएको छ ।https://paradisehills.com.np/



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौं –  सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरमा कार्यरत रहँदा  झण्डै ३ करोड हिनामिना गरेको आरोसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले

काठमाडौं – नेपाल विद्युत प्राधिकरण सप्तरीस्तित कञ्चनपुर वितरण केन्द्रका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले