"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

किन हटेन नेपाली हवाइ क्षेत्र ईयूको कालोसूचीबाट ?

प्रकाशित मिति :  3 June, 2024 7:47 pm


काठमाडौँ । नेपाली हवाइ क्षेत्र युरोपेली युनियन (इयू)को कालोसूचीमा पुनः दोहोरिएको छ। ईयूको उडान सुरक्षा चासो (कालोसूची)मा नेपाल नागरिक उड्डयन प्राधिकरणमा दर्ता भएर सञ्चालनमा रहेका सबै वायुसेवा कम्पनीहरू दोहोरिएका छन्।

ईयूले हरेक ६/६ महिनामा यस्तो सूची अपडेट गर्दै आएको छ। गत बिहीबार ईयूले सार्वजनिक गरेको सूचीअनुसार नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, बुद्ध एयरलाइन्स लगायत नेपालमा दर्ता भएर उडान गरिरहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वायुसेवाहरू रहेका छन्। 

ईयूले नेपाललाई सन् २०१३ देखि कालोसूचीमा राखेको छ। ३० मे २०२४ मा ईयूले अपडेट गरेको नयाँ सूचीमा पनि नेपाल कालोसूचीमै रहेको छ।

सन् २०१३ मा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)ले गरेको अडिटमा नेपालको हवाई सुरक्षा प्रतिवेदन कमजोर देखिएपछि हवाई सुरक्षा सूचीमा राखेको थियो। पछि सन् २०१७ मा आइकाओले नेपालको हवाई सुरक्षामा सुधार आएको भन्दै सुरक्षा सूचीबाट हटाइसकेको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कलैयाका तत्कालीन निमित्त कार्यालय प्रमुख किशोरीप्रसाद यादवमाथि करिव डेढ करोड रुपैयाँ बराबर भ्रष्टाचार

काठमाडौं – मालपोत कार्यालय रुपन्देही भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृत र सियारी गाउँपालिका-२ का तत्कालीन अध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ– सरकारले निजामती कर्मचारीलाई हरेक १५ दिनमा तलब भुक्तानी गर्ने प्रणालीको औपचारिक सुरुआत गरेको छ। अर्थ मन्त्रालयका अनुसार उक्त व्यवस्था पाइलट

काठमाडौँ- संसदीय समितिले राष्ट्रिय गौरवका आयोजनाहरूको वर्तमान अवस्था, सञ्चालनमा देखिएका समस्या र समाधानका उपायकाबारे अध्ययन गर्न उपसमिति गठन गरेको छ। सिंहदरबारमा