"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

किन हटेन नेपाली हवाइ क्षेत्र ईयूको कालोसूचीबाट ?

प्रकाशित मिति :  3 June, 2024 7:47 pm


काठमाडौँ । नेपाली हवाइ क्षेत्र युरोपेली युनियन (इयू)को कालोसूचीमा पुनः दोहोरिएको छ। ईयूको उडान सुरक्षा चासो (कालोसूची)मा नेपाल नागरिक उड्डयन प्राधिकरणमा दर्ता भएर सञ्चालनमा रहेका सबै वायुसेवा कम्पनीहरू दोहोरिएका छन्।

ईयूले हरेक ६/६ महिनामा यस्तो सूची अपडेट गर्दै आएको छ। गत बिहीबार ईयूले सार्वजनिक गरेको सूचीअनुसार नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, बुद्ध एयरलाइन्स लगायत नेपालमा दर्ता भएर उडान गरिरहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वायुसेवाहरू रहेका छन्। 

ईयूले नेपाललाई सन् २०१३ देखि कालोसूचीमा राखेको छ। ३० मे २०२४ मा ईयूले अपडेट गरेको नयाँ सूचीमा पनि नेपाल कालोसूचीमै रहेको छ।

सन् २०१३ मा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)ले गरेको अडिटमा नेपालको हवाई सुरक्षा प्रतिवेदन कमजोर देखिएपछि हवाई सुरक्षा सूचीमा राखेको थियो। पछि सन् २०१७ मा आइकाओले नेपालको हवाई सुरक्षामा सुधार आएको भन्दै सुरक्षा सूचीबाट हटाइसकेको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – सन् २०२५ को ११ महिना (जनवरी–नोभेम्बर)को अवधिमा मासिक पर्यटक आगमन ९६ हजार ३ सय ८८ रहेको पाइएको छ

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौँ– चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा ७७.५१ प्रतिशतले निर्यात बढेको छ। भन्सार विभागले आइतबार सार्वजनिक गरेको वैदेशिक

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारूविरुद्ध आज