"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेदरल्यान्ड्सलाई हराउँदै सानदार सुरुवातको सोचमा नेपाल

प्रकाशित मिति :  4 June, 2024 11:21 am


काठमाडौं । आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत नेपालले मंगलबार राति आफ्नो पहिलो खेल खेल्दैछ। अमेरिकाको डालासस्थित ग्रान्ड प्रिएरी क्रिकेट रंगशालामा नेदरल्यान्ड्सविरूद्ध राति सवा नौ बजे भिड्दा नेपाल १० वर्षपछि विश्वकपमा फर्कनेछ। 

सन् २०१४ मा बंगलादेशमा भएको टी-२० विश्वकपमा नेपालले डेब्यू गर्दा नेपालका कप्तान रोहितकुमार पौडेलले टेलिभिजनमा हेरेका थिए। त्यतिबेला स्वभाविक रुपमा रोहितले नेपालको राष्ट्रिय टोलीबाट विश्वकप खेल्ने सपना पालेका थिए।

भारतमा क्रिकेट सिक्दै नेपालको यू-१९ टोलीको कप्तान हुँदै कलिलै उमेरमा राष्ट्रिय टोलीको कप्तान बनेका रोहितको सपना १० वर्षमा पूरा हुँदैछ।

‘विश्वकप खेल्ने हामी सबैको सपना थियो। एउटा बच्चाको रुपमा मेरो पनि थियो। सन् २०१४ मा नेपालले विश्वकप खेलेको टिभीमा हेरेको बच्चाको सपना अब पूरा हुँदैछ। विश्वकपका लागि हामी उत्साहित मात्र छैनौं हाम्रो जिम्मेवारी पनि छ। अब हामीले नयाँ पुस्ताका लागि राम्रो क्रिकेट खेलेर प्रेरणा दिन पर्छ। हाम्रो र नेपालका लागि यो महत्वपूर्ण अवसर हो,’ रोहितले सोमबार ग्रान्ड प्रियरीमा पत्रकारसँगको अन्तरक्रियामा भने।

रोहितले नेदरल्यान्ड्सविरूद्धको खेलका लागि नेपाली टोली पूर्ण फिट रहेको पनि बताए। साथै नेपाल नेदरल्यान्ड्सविरूद्धको खेलका तयार भएको उनको भनाइ छ। साथै पहिलो खेल सधै महत्वपूर्ण हुने उनले बताए। 

उनले भने, ‘हाम्रो लागि प्रतियोगिताको पहिलो खेल धेरै महत्वपूर्ण छ। किनभने पहिलो खेलबाट लय समाप्त सजिलो हुन्छ। पहिलो खेल जितेपछि हाम्रो डगआउटमा जित्न सकिने विश्वास बढ्छ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्सलाई ३४ रनले पराजित गर्दै पोखरा एभेन्जर्स विजयी भएको छ। कीर्तिपुरस्थित

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौँ — नेपाल ट्वान्टी–२० विश्वकपको कठिन समूहमा परेको छ । फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा हुने

काठमाडौँ – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आज (मंगलबार) को दोस्रो खेलमा विराटनगर किङ्सले उत्कृष्ट जित निकालेको छ। पहिलो दुई