"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेदरल्यान्ड्सलाई हराउँदै सानदार सुरुवातको सोचमा नेपाल

प्रकाशित मिति :  4 June, 2024 11:21 am


काठमाडौं । आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत नेपालले मंगलबार राति आफ्नो पहिलो खेल खेल्दैछ। अमेरिकाको डालासस्थित ग्रान्ड प्रिएरी क्रिकेट रंगशालामा नेदरल्यान्ड्सविरूद्ध राति सवा नौ बजे भिड्दा नेपाल १० वर्षपछि विश्वकपमा फर्कनेछ। 

सन् २०१४ मा बंगलादेशमा भएको टी-२० विश्वकपमा नेपालले डेब्यू गर्दा नेपालका कप्तान रोहितकुमार पौडेलले टेलिभिजनमा हेरेका थिए। त्यतिबेला स्वभाविक रुपमा रोहितले नेपालको राष्ट्रिय टोलीबाट विश्वकप खेल्ने सपना पालेका थिए।

भारतमा क्रिकेट सिक्दै नेपालको यू-१९ टोलीको कप्तान हुँदै कलिलै उमेरमा राष्ट्रिय टोलीको कप्तान बनेका रोहितको सपना १० वर्षमा पूरा हुँदैछ।

‘विश्वकप खेल्ने हामी सबैको सपना थियो। एउटा बच्चाको रुपमा मेरो पनि थियो। सन् २०१४ मा नेपालले विश्वकप खेलेको टिभीमा हेरेको बच्चाको सपना अब पूरा हुँदैछ। विश्वकपका लागि हामी उत्साहित मात्र छैनौं हाम्रो जिम्मेवारी पनि छ। अब हामीले नयाँ पुस्ताका लागि राम्रो क्रिकेट खेलेर प्रेरणा दिन पर्छ। हाम्रो र नेपालका लागि यो महत्वपूर्ण अवसर हो,’ रोहितले सोमबार ग्रान्ड प्रियरीमा पत्रकारसँगको अन्तरक्रियामा भने।

रोहितले नेदरल्यान्ड्सविरूद्धको खेलका लागि नेपाली टोली पूर्ण फिट रहेको पनि बताए। साथै नेपाल नेदरल्यान्ड्सविरूद्धको खेलका तयार भएको उनको भनाइ छ। साथै पहिलो खेल सधै महत्वपूर्ण हुने उनले बताए। 

उनले भने, ‘हाम्रो लागि प्रतियोगिताको पहिलो खेल धेरै महत्वपूर्ण छ। किनभने पहिलो खेलबाट लय समाप्त सजिलो हुन्छ। पहिलो खेल जितेपछि हाम्रो डगआउटमा जित्न सकिने विश्वास बढ्छ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत बुधबार भएको खेलमा नेपाल ओमानसँग पराजित भएको छ। ३०६ रनको लक्ष्य पछ्याएको नेपाल ३६.५ ओभरमा

काठमाडौं – खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कलैयाका तत्कालीन निमित्त कार्यालय प्रमुख किशोरीप्रसाद यादवमाथि करिव डेढ करोड रुपैयाँ बराबर भ्रष्टाचार

काठमाडौं – मालपोत कार्यालय रुपन्देही भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृत र सियारी गाउँपालिका-२ का तत्कालीन अध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ– सरकारले निजामती कर्मचारीलाई हरेक १५ दिनमा तलब भुक्तानी गर्ने प्रणालीको औपचारिक सुरुआत गरेको छ। अर्थ मन्त्रालयका अनुसार उक्त व्यवस्था पाइलट