"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

आईसीसी टी-२० विश्वकप : नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित

प्रकाशित मिति :  5 June, 2024 10:58 am


काठमाडौँ । आईसीसी टी-२० विश्वकपको पहिलो खेलमा नेदरल्यान्ड्ससँग नेपाल पराजित बनेको छ। मंगलबार अमेरिकाको टेक्सासस्थित ड्यालसमा भएको खेलमा नेपालले प्रस्तुत गरेको १०७ रनको लक्ष्य नेदरल्यान्ड्सले १८.४ ओभरमा पूरा गर्दै हारेको हो।
जितका लागि नेदरल्यान्ड्सका म्याक्स ओ‘डोडले अर्धशतकप्रेरित ५४ रन बनाए।

यसबाहेक, डच टिमको जितमा विक्रमजित सिंहले २२, साइब्रान्ड एन्गलब्रेटले १४ र बास डे लिडेले अविजित ११ रन बनाए । नेपालका सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र अभिनाश बोहराले समान एक विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङमा आएको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर १०६ रनको योगफल खडा गरेको थियो।

डच टिमविरुद्ध ब्याटिङमा संघर्ष गरेको नेपालबाट कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३५ रन बनाए। क्रिजको एक एन्डबाट लगातार विकेट जाँदा अर्को एन्ड सम्हालेका रोहितले ३७ बलमा पाँच चौका प्रहार गरे। नवौँ नम्बरमा ब्याटिङका लागि आएका करण केसीले १२ बलमा दुई छक्कासहित १७ रन बनाए। गुल्सन झाले १४ रन थप्दा अनिलकुमार साहले ११ रन जोडे।

नेपालका ओपनरद्वय आसिफ सेख चार र कुशल भुर्तेललाई सात रनमा आउट भए। यस्तै, कुशल मल्ल चार रनमा आउट भएका थिए। दीपेन्द्रसिंह ऐरी एक र सोमपाल कामी शून्य रन जोडेर पभेलियन फर्किएका थिए। अभिनाश बोहरा ‘गोल्डेन डक’ हुँदा सागर ढकाल शून्यमा अविजित रहे।

नेपालको ब्याटिङ धरासायी बनाउन समेट्न नेदरल्यान्ड्सका टिम प्रिगल र लोगान भान बिकले समान तीन विकेट लिए। पाउल भान मिकेरेन र बास डे लिडेले समान दुई विकेट लिए। प्रतियोगिताको समूह ‘डी’ मा रहेका दुवै टिमको यो पहिलो खेल हो। यो समूहमा नेपाल र नेदरल्यान्ड्ससँगै श्रीलंका, बंगलादेश र दक्षिण अफ्रिका छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ जुन ११ देखि सुरु भई जुलाई १९ सम्म सञ्चालन हुँदैछ। यस पटक ४८

काठमाडौँ-  नेपालले एसियन गेम्स छनोट २०२६ को उपाधि जितेको छ। जापानमा आगामी सेप्टेम्बरमा हुने एसियन गेम्सको छनोट प्रतियोगिताको फाइनलमा हङकङलाई

काठमाडौँ-  रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ। आइतबार राति भएको फाइनलमा गुजरात

काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार