"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

फ्रान्समा संसद भंग गरेर आकस्मिक चुनाव घोषणा

प्रकाशित मिति :  10 June, 2024 11:31 am


काठमाडौं । फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोले संसद भंग गर्दै आम निर्वाचन घोषणा गरेका छन् । राष्ट्रपति म्याक्रोले यही जुन महिनाको अन्तिममा चुनाव गराउने जनाएका छन् । मतदान दुई चरणमा हुने छ । पहिलो चरण ३० जुनमा र दोस्रो चरण ७ जुलाईमा मतदान हुनेछ ।

सर्वेक्षण अनुसार राष्ट्रपति म्याक्रोका प्रतिद्वन्द्वी मरीन ले पेन नेतृत्वको नेशनल रेली पार्टीले ३२ प्रतिशत मत ल्याउने अनुमान छ । राष्ट्रपति म्याक्रोको पार्टी रेनेसाले भने १३ प्रतिशत मत मात्रै पाउने सर्वेक्षण छ ।

ले पेन यसअघि दुई पटकसम्म म्याक्रोसँग प्रतिस्पर्धा गरे पनि पराजित भएकी थिइन् । संसदीय चुनावको मिति घोषणा हुनासाथ तत्काल प्रतिक्रिया सार्वजनिक गर्दै उनले आफ्नो पार्टी सत्तामा आउन तयार रहेको बताएकी छन् ।

युरोपेली युनियनमा फ्रान्सको भोटिङ सकिनासाथ र मत सर्वेक्षणको नतिजा सार्वजनिक हुनासाथ राष्ट्रपति म्याक्रोले टेलिभिजन सम्बोधन मार्फत् संसदीय चुनावको मिति घोषणा गरेका हुन् । युरोपेली संघको चुनावमा ले पेन नेतृत्वको अति दक्षिणपन्थी दल भनेर चिनिने नेशनल रेलीले म्याक्रोको मध्यमार्गी गठबन्धनलाई परास्त गरेको थियो ।

आफ्नो दोस्रो कार्यकाल पूरा हुन दुई वर्ष बाँकी छँदै राष्ट्रपति म्याक्रोले अप्रत्यासित रुपमा चुनावको मिति घोषणा गरेको बीबीसीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कलैयाका तत्कालीन निमित्त कार्यालय प्रमुख किशोरीप्रसाद यादवमाथि करिव डेढ करोड रुपैयाँ बराबर भ्रष्टाचार

काठमाडौं – मालपोत कार्यालय रुपन्देही भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृत र सियारी गाउँपालिका-२ का तत्कालीन अध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ– सरकारले निजामती कर्मचारीलाई हरेक १५ दिनमा तलब भुक्तानी गर्ने प्रणालीको औपचारिक सुरुआत गरेको छ। अर्थ मन्त्रालयका अनुसार उक्त व्यवस्था पाइलट

काठमाडौं – झापाको दमकस्थित हिमालय माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा