"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सेञ्चुरी बैंकका तत्कालीन अध्यक्षसहित ८ जना पक्राउ

प्रकाशित मिति :  10 June, 2024 3:56 pm


काठमाडौं । सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष राजेशकुमार श्रेष्ठसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) ले सोमबार उनीहरूलाई नियन्त्रणमा लिएको हो। सिआइबीका एसपी होविन्द्र बोगटीले श्रेष्ठसहित ८ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए।

धितो मूल्यांकनभन्दा बढी ऋण प्रवाह गरेको आरोपमा प्रहरीले अनुसन्धानका लागि उनीहरूलाई  नियन्त्रणमा लिएको हो। यसअघि २०८० फागुनमा तत्कालीन सेञ्चुरी कमर्सियल बैंकमा रहँदा प्रमुख कार्यकारी अधिकृत रहेका मनोज न्यौपानेसँगै पूर्वप्रमुख कार्यकारी अधिकृत तुलसी गौतमलाई पनि सिआइबीले पक्राउ गरेको थियो।

त्यसबेला राजेश भण्डारी, दिलिप बराल, सुवासबहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ मानन्धर, सविन घिमिरे, रमन श्रेष्ठ, दिपेश प्रधान र सुनिल बस्नेत पनि पक्राउ परेका थिए। उनीहरू केही समयमा हाजिर जमानीमा छुटेका थिए।  सिआइबीले देउराली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सातदोबाटोमाथि अनुसन्धान गरेको थियो। 

उक्त संस्थामा आबद्ध रहेका सञ्चालक समितिका पदाधिकारीहरू, उनीहरूसँग सम्बन्धित कम्पनीहरूको विवरण र कम्पनीहरूले लिएका कर्जाको विषयमा सिआइबीले अनुसन्धान गरेको थियो। 

त्यसबेला पक्राउ परेका देउराली सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईंसहितले सहकारीको रकम अपचलन गरेको आरोप थियो। चौलागाई आबद्ध चार कम्पनीलाई तत्कालीन सेन्चुरी कमर्सियल बैंकले ऋण प्रवाह गरेको पाइएको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कलैयाका तत्कालीन निमित्त कार्यालय प्रमुख किशोरीप्रसाद यादवमाथि करिव डेढ करोड रुपैयाँ बराबर भ्रष्टाचार

काठमाडौं – मालपोत कार्यालय रुपन्देही भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृत र सियारी गाउँपालिका-२ का तत्कालीन अध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ– सरकारले निजामती कर्मचारीलाई हरेक १५ दिनमा तलब भुक्तानी गर्ने प्रणालीको औपचारिक सुरुआत गरेको छ। अर्थ मन्त्रालयका अनुसार उक्त व्यवस्था पाइलट

काठमाडौं – झापाको दमकस्थित हिमालय माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा