"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपालमा मानव अधिकारको स्थिति नसुध्रिएको प्रतिवेदनमा सार्वजनिक

प्रकाशित मिति :  २९ जेष्ठ २०८१, मंगलवार १४:४१


काठमाडौं । नेपालमा मानव अधिकारको स्थितिमा कुनै सुधार देखिएको छैन । सन् २०२३ मानव अधिकार प्रतिवेदनअनुसार गत वर्ष मानव अधिकारको स्थितिमा कुनै उल्लेखनीय परिवर्तन आएको छैन । प्रतिवेदनअनुसार गत वर्ष हत्या, यातना, स्वेच्छाचारी थुना, धम्की, अभिव्यक्ति स्वतन्त्रता, मिडियामाथि गम्भीर अवरोध, शान्तिपूर्ण भेलामा हस्तक्षेप, भ्रष्टाचार, यौन हिंसालगायत विषयमा उजुरी परेको थियो ।

यी विषयमा सरकारले अनुसन्धान गरे पनि मानव अधिकार उल्लङ्घन गर्नेहरूमध्ये अधिकांशलाई कारबाही नगरेको प्रतिवेदनमा जनाइएको छ । उजुरीका विषयमा निष्पक्ष छानबिन नभएको, अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरेको, प्रेसमाथि नियन्त्रण गरेको, न्यायालयलाई स्वतन्त्र हुन नदिएको लगायत विषय उठाउँदै प्रतिवेदनले नेपालमा मानव अधिकारको अवस्थामा सुधार नभएको उल्लेख गरेको हो ।

संविधान र कानुनले स्वतन्त्र न्यायपालिकाको व्यवस्था गरेको भए पनि सरकारले सामान्यतया न्यायिक स्वतन्त्रता र निष्पक्षताको सम्मान नगरेको प्रतिवेदनमा जनाइएको छ । न्यायालयहरू राजनीतिक दबाब, घुसखोरी एवम् डरधम्कीको जोखिमको खतरामा रहेको प्रतिवेदनमा उल्लेख छ ।

गत वर्ष अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने क्रियाकलाप भएको पनि जनाइएको छ । प्रतिवेदनमा भनिएको छ, ‘भ्रष्टाचारसम्बन्धी समाचार सम्प्रेषण गर्ने पत्रकारहरूलाई धम्काउने र आक्रमण गर्ने लगायत प्रेस स्वतन्त्रतामाथि विभिन्न प्रहार भए र सरकारले सञ्चार माध्यमको सुरक्षा र स्वतन्त्राका लागि पर्याप्त प्रयत्न गरेन ।’

सरकारले इन्टरनेटमाथिको स्वतन्त्रतामा पनि बन्देज लगाएको प्रतिवेदनमा उल्लेख छ । गत कात्तिकमा आपत्तिजनक सामग्री सम्प्रेषण भएको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

कारागारको अवस्था र थुनुवा केन्द्रहरूको अवस्था पनि दयनीय भएको उल्लेख छ । भीडभाड, अपर्याप्त पूर्वाधार र खाना, पानी, लुगाकपडा, सरसफाइ र स्वास्थ्य सेवामा अपर्याप्त पहुँचका कारण राष्ट्रिय वा अन्तर्राष्ट्रिय मापदण्ड पूरा नभएको प्रतिवेदनमा जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले २१औँ निजामती सेवा दिवस, २०८१ को अवसरमा विभिन्न १० कर्मचारीलाई उत्कृष्ट निजामती सेवा पुरस्कार प्रदान गरिने भएको छ। सङ्घीय

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले फराकिलो मन र  सहनशील  भएर संवाद गरेमा नेपाल-भारतबीचका समस्या सहज रूपमा समाधान गर्न नसकिने बताउनुभएको

काठमाडौँ – प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजा एवं दर्शन

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलसँग दक्षिण एसियाली मुलुकका निर्वाचन निकायहरुको साझा मञ्चको १२औं सम्मेलनका क्रममा नेपाल आएका सदस्य मुलुकका प्रमुख