"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

रोमाञ्चक खेलमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित

प्रकाशित मिति :  15 June, 2024 8:52 am


काठमाडौँ । आइसिसी टी-२० विश्वकपको तेस्रो खेलमा टेष्ट राष्ट्र दक्षिण अफ्रिकाले नेपाललाई एक रनले पराजित गरेको छ । वेष्ट इन्डिजको किङ्स टाउवनमा टस हारेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै एक सय १६ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

प्रत्युत्तरमा नेपालले पूरा ओभर खेल्दा ७ विकेट गुमाउँदै ११४ रन बनायो । अन्तिम ओभरमा आठ रन चाहिएको अवस्थामा नेपालले सात रन मात्रै बनाएको थियो ।  समूह ‘डी’ मा चार खेलबाट दक्षिण अफ्रिकाले ८ अंक जोडेको छ । यो खेलसँगै नेपालले तीन खेलबाट मात्र एक रन जोड्दै बाहिरिएको छ । बंगलादेशको तीन खेलबाट ४ अंक छ । नेदरल्यान्डको दुई तथा श्रीलंकाको एक अंक छ । 

नेपालको इनिङ्समा ओपनर आसिफ शेखले सर्वाधिक ४२ रन बनाए । उनले ४९ बलमा चार चौका र एक छक्का प्रहार गरेका आसिफलाई शाम्सीले बोल्ड गरेका थिए ।  १८औं ओभरमा उनी आउट हुँदा नेपालले पाँच विकेट गुमाएर एक सय रन बनाएको थियो । 

चौथो नम्बर क्रिजमा पुगेका अनिलकुमार शाहले २४ बलमा २७ रन बनाए । उनले तीन चौका र एक छक्का प्रहार गरेका थिए । ओपनर कुशल भुर्तेलले २१ बलमा एक छक्का र एक चौकासहित १३ रनको योगदान गरेका थिए । कप्तान रोहितकुमार पौडेल भने दुइ बल खेल्दा शुन्यमै पेभिलियन फर्किए । 

यसअघि नेपालका स्पिनरले उत्कृष्ट प्रदर्शन गरेपछि दक्षिण अफ्रिकाले ठूलो स्कोर बनाउन सकेन । कुशल भुर्तेलले सर्वाधिक चार ओभरमा चार तथा दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिएका थिए । 

दक्षिण अफ्रिकाका लागि रिजा हेन्ड्रिकले सर्वाधिक ४३ रन बनाए । ट्रिस्टान स्टब्सले २७ रन बनाएका हुन् । समूह डी मा दक्षिण अफ्रिकाले अघिल्ला तीनै खेल जितेको छ । नेपाल आजको खेल जित्दै सुपर ८ सम्भावना कायम राख्ने योजनामा छ । नेपालले सन् २००४ मा यु१९ विश्वकपमा दक्षिण अफ्रिकालाई हराएको थियो । एकदिवसीय खेलमा नेपाल एक विकेटले विजयी भएको हो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ जुन ११ देखि सुरु भई जुलाई १९ सम्म सञ्चालन हुँदैछ। यस पटक ४८

काठमाडौँ-  नेपालले एसियन गेम्स छनोट २०२६ को उपाधि जितेको छ। जापानमा आगामी सेप्टेम्बरमा हुने एसियन गेम्सको छनोट प्रतियोगिताको फाइनलमा हङकङलाई

काठमाडौँ-  रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ। आइतबार राति भएको फाइनलमा गुजरात

काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार