"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कुरिलो खेतीबाट एकै सिजनमा ७ लाखसम्मको आम्दानी

प्रकाशित मिति :  16 June, 2024 11:37 am


नवलपुर । बर्दघाट सुस्तापूर्व नवलपुरका पदमबहादुर मोक्तानले कुरिलोखेतीबाट एकै याममा सात लाख नाफा गरेका छन्। मध्यविन्दु नगरपालिका–३ ब्रह्मस्थानमा विगत तीन वर्षदेखि कुरिलोखेती गरेका मोक्तानले वार्षिक १६ लाखसम्मको कुरिलो बेचर मुनाफा गरेका हुन्। सबै खर्च कटाएर सात लाख नाफा कमाएको उनले बताए।  

मोक्तानले ५० कठ्ठामा कुरिलोखेती गरेका छन्। ‘यो कुरिलोको सिजन हो, टिप्ने, मुठा पार्ने बजार र पठाउने काममा व्यस्त भइन्छ,’ उनले भने। दैनिक ८० देखि सय केजीसम्म कुरिलो उत्पादन हुने गरेको उनले बताए। किसान मोक्तानले उत्पादन गरेको कुरिलो स्थानीय बजारका साथै नारायणगढ, पोखरा र काठमाडौंमा खपत हुने गरेको छ।

गत वर्ष तीस कठ्ठा क्षेत्रफलमा कुरिलोखेती गरेका मोक्तानले यस वर्ष २० कठ्ठा क्षेत्रफलमा थपेको बताए। गत वर्षभन्दा यो वर्ष अधिक आम्दानी हुने उनी बताउँछन्। हाल कुरिलोको खुद्रा बजार मूल्य प्रतिकेजी ३० र थोकमा मूल्य २५० छ। लोट्स कृषि तथा पशु फार्म दर्ता गरी जग्गा भाडामा लिएर उनले तरकारीखेती गर्दै आएका छन्।

विगत पाँच वर्षदेखि उनी व्यावसायिक खेतीमा लागेका छन्। उनको बारीमा  कुरिलोसँगै घिरौला, भिण्डी, करेला, खरबुजा लटरम्म फेलका छन्। आफ्ना अन्य उत्पादनले भन्दा कुरिलो खेतीबाट अधिक आम्दानी हुने गरेको उनी बताउँछन्।

  • रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – स्थानीय तह र प्रदेशमा ३० भन्दा बढी जनप्रतिनिधिको पद रिक्त भएको छ । प्रतिनिधिसभा सदस्यको चुनाव लड्न स्थानीय

काठमाडौं – तीव्र गतिको इन्टरनेट सेवा (फिक्स्ड ब्रोडब्यान्ड) उपलब्धतामा नेपालले दक्षिण एसियाली क्षेत्रमै फड्को मारेको छ । इन्टरनेटको गति मापन

काठमाडौँ – नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार मासिक आधारमा माघ एक महिनामा औसत मूल्य वृद्धि ३.२५ प्रतिशत छ। गत माघमा

काठमाडौँ – नेपाल वायु सेवा निगमले बुधबार राति ‘स्पेशल फ्लाइट’ (विशेष उडान) मार्फत दुबईको विमानस्थलमा रोकिएका यात्रुको उद्धार गर्ने जनाएको छ।