"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राहुल गान्धीले जितेको वायनाडमा प्रियंका गान्धी पहिलोपटक उपचुनाव लड्दै

प्रकाशित मिति :  18 June, 2024 11:55 am


काठमाडौँ । भारतीय राष्ट्रिय कंग्रेस नेता राहुल गान्धीले चुनाव जितेका दुई लोकसभा सिटमध्ये केरलको वायनाड छाड्ने निर्णय गरेका छन्। बिबिसीका अनुसार उक्त क्षेत्रबाट राहुलकी बहिनी तथा कांग्रेस नेता प्रियंका गान्धीले चुनाव लड्ने कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले बताएका छन्। पछिल्लो लोकसभा निर्वाचनमा राहुल केरलको वायनाड र उत्तर प्रदेशको रायबरेलीबाट निर्वाचित भएका थिए।

‘रायबरेली र वायनाडबाट अब हाम्रा दुई जना सांसद लोकसभामा जाने छन्,’ सोमबार कंग्रेसका शीर्षनेताहरूको बैठकपछि राहुलले संवाददाताहरूसँग भने। यही बैठकले प्रियंका गान्धी वायनाडको उपचुनाव लड्ने निर्णय गरेको बिबिसीले जनाएको छ।

यसअघि राहुलले आफू निर्वाचित दुई सिटमध्ये कुन राख्ने र कुन छाड्नेमा दुबिधा भइरहेको बताएका थिए। उनले भनेका थिए, ‘हामी यस्तो निर्णय लिनेछौं, जसले दुवै निर्वाचन क्षेत्रका मतदाता खुसी होऊन्।’ कांग्रेस नेता प्रियंका गान्धीले वायनाडको प्रतिनिधित्व गर्ने अवसर पाएकोमा आफू हर्षित भएको बताएकी छन्।

‘वायनाडका जनतालाई म राहुलको कमी महसुस हुन दिने छैन,’ प्रियंकालाई उद्धृत गर्दै बिबिसीले लेखेको छ, ‘वायनाडको प्रतिनिधित्व गर्न पाउँदा म एकदमै खुसी हुनेछ। राहुलले आफू बारम्बार वायनाड आइरहने बाचा गरेका छन्। म पनि यहाँका जनतालाई खुसी राख्न निकै मेहनत गर्नेछु।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्। कांग्रेसको केन्द्रीय

एजेन्सी – अमेरिका र साउदी अरबबीच आणविक सम्झौता भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले बुधबार साउदी अरबसँग नागरिक प्रयोजनका

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्