"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसद् भवनभित्रै प्रहरी जवान आफैंले गोली हानेर आत्महत्या गरेको प्रारम्भिक निष्कर्ष

प्रकाशित मिति :  19 June, 2024 11:07 am


काठमाडौँ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनभित्र नेपाल प्रहरीका एक जवानले बुधबार बिहान आफैँलाई गोली हानेर आत्महत्या गरेका छन्। संसद् सचिवालयका प्रवक्ता एकराज गिरीले प्रहरी जवान अजित गोले आफैँले पेस्तोल प्रहार गरेको बताए। उनका अनुसार गोलेको निधन घटनास्थलमै भएको छ। गिरीले भने, ‘गोलेको शव शौचालयमा गोली लागेको अवस्थामा भेटिएको छ।’ प्रहरीका अनुसार गोलेको निधारमा गोली लागेको छ।

बानेश्वर वृत्तका डीएसपी शिवराज बुढाथोकीले गोलेले आत्महत्या गरेको विषयमा थप अनुसन्धान भइरहेको बताए। उनले भने, ‘गोलेले के कारणले आत्महत्या गरे भन्ने विषयमा अनुसन्धान भइरहेको छ।’ घटनाक्रमअनुसार गोलेले आफैँले गोली हानी आत्महत्या गरेको देखिएको उनको भनाइ छ।

२२ वर्षीय प्रहरी जवान गोलेले शौचालयमा गएर आफैँमाथि गोली प्रहार गरेकाे गिरीको भनाइ छ। उनी नेपाल प्रहरीको हेडक्वाटरबाट खटाइएको स्पेसल टाक्स फोर्समा कार्यरत थिए। उनी बिहान ड्युटीमा खटिएका थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्। कांग्रेसको केन्द्रीय

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्