"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसद् भवनभित्रै प्रहरी जवान आफैंले गोली हानेर आत्महत्या गरेको प्रारम्भिक निष्कर्ष

प्रकाशित मिति :  19 June, 2024 11:07 am


काठमाडौँ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनभित्र नेपाल प्रहरीका एक जवानले बुधबार बिहान आफैँलाई गोली हानेर आत्महत्या गरेका छन्। संसद् सचिवालयका प्रवक्ता एकराज गिरीले प्रहरी जवान अजित गोले आफैँले पेस्तोल प्रहार गरेको बताए। उनका अनुसार गोलेको निधन घटनास्थलमै भएको छ। गिरीले भने, ‘गोलेको शव शौचालयमा गोली लागेको अवस्थामा भेटिएको छ।’ प्रहरीका अनुसार गोलेको निधारमा गोली लागेको छ।

बानेश्वर वृत्तका डीएसपी शिवराज बुढाथोकीले गोलेले आत्महत्या गरेको विषयमा थप अनुसन्धान भइरहेको बताए। उनले भने, ‘गोलेले के कारणले आत्महत्या गरे भन्ने विषयमा अनुसन्धान भइरहेको छ।’ घटनाक्रमअनुसार गोलेले आफैँले गोली हानी आत्महत्या गरेको देखिएको उनको भनाइ छ।

२२ वर्षीय प्रहरी जवान गोलेले शौचालयमा गएर आफैँमाथि गोली प्रहार गरेकाे गिरीको भनाइ छ। उनी नेपाल प्रहरीको हेडक्वाटरबाट खटाइएको स्पेसल टाक्स फोर्समा कार्यरत थिए। उनी बिहान ड्युटीमा खटिएका थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपालमा भदौ २४ गतेको विध्वंशपछि विधिको शासनको ठाउँमा अराजकको शासन चलिरहेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन् ।

काठमाडौँ — एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो । बैठकमा आगामी

काठमाडौँ- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। भिजिट भिसामा विदेश जाने नेपालीसँग अवैध ढंगमा पैसा

काठमाडौं – सुनसरीको बराहक्षेत्र नगरपालिकाका तत्कालीन सव–इन्जिनियर शिव नारायण मण्डलले नक्कली शैक्षिक प्रमाण पेश गरेर सरकारी सेवाको लाभ लिएको अभियोगमा