"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सरकारद्धारा ८ देशका राजदूतहरू नियुक्तिका लागि सिफारिस

प्रकाशित मिति :  22 June, 2024 3:11 pm


काठमाडौं । सरकारले ८ देशका राजदूतहरू नियुक्तिका लागि सिफारिस गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले भारत, डेनमार्क, बेलायत, मलेसियासहित ८ देशका राजदूतहरू नियुक्तिका लागि सिफारिस गरेको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच बिहीबार साँझ बालुवाटारमा बसेको बैठकले राजदूतको भागबन्डा टुंगो लगाएको थियो।

सोही आधारमा बैठकले ८ देशका राजदूत सिफारिस गरेको हो।  एमालेको तर्फबाट ५ जना, माओवादीको तर्फबाट १ जना र  अशोक राई नेतृत्वको जसपाको तर्फबाट दुई जना राजदूतका लागि सिफारिस भएका हुन्। बैठकले रास्वपाबाट भने आज नियुक्तिका लागि सिफारिस गरेन।

भारतका लागि नेपालका राजदूतमा पूर्वमुख्य सचिव लोकदर्शन रेग्मी सिफारिस भएका छन्। त्यस्तै, सुशील प्याकुरेल- दक्षिण कोरिया, नेत्रप्रसाद तिमल्सिना- मलेसिया, सुम्निमा तुलाधर- डेनमार्क, बिजन पन्त- बेलायत, चन्द्रप्रसाद घिमिरे- अमेरिका, पुष्पराज राजकर्णिकार- स्पेन र अबुसुफ्यान खान मुसलमान- साउदी अरबका लागि राजदूत नियुक्तका सिफारिस गरिएको एक मन्त्रीले जानकारी दिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – मालपोत कार्यालय रुपन्देही भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृत र सियारी गाउँपालिका-२ का तत्कालीन अध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ– सरकारले निजामती कर्मचारीलाई हरेक १५ दिनमा तलब भुक्तानी गर्ने प्रणालीको औपचारिक सुरुआत गरेको छ। अर्थ मन्त्रालयका अनुसार उक्त व्यवस्था पाइलट

काठमाडौं – सरकारले दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष

काठमाडौं – झापाको दमकस्थित हिमालय माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा