"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सरकारद्धारा ८ देशका राजदूतहरू नियुक्तिका लागि सिफारिस

प्रकाशित मिति :  22 June, 2024 3:11 pm


काठमाडौं । सरकारले ८ देशका राजदूतहरू नियुक्तिका लागि सिफारिस गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले भारत, डेनमार्क, बेलायत, मलेसियासहित ८ देशका राजदूतहरू नियुक्तिका लागि सिफारिस गरेको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच बिहीबार साँझ बालुवाटारमा बसेको बैठकले राजदूतको भागबन्डा टुंगो लगाएको थियो।

सोही आधारमा बैठकले ८ देशका राजदूत सिफारिस गरेको हो।  एमालेको तर्फबाट ५ जना, माओवादीको तर्फबाट १ जना र  अशोक राई नेतृत्वको जसपाको तर्फबाट दुई जना राजदूतका लागि सिफारिस भएका हुन्। बैठकले रास्वपाबाट भने आज नियुक्तिका लागि सिफारिस गरेन।

भारतका लागि नेपालका राजदूतमा पूर्वमुख्य सचिव लोकदर्शन रेग्मी सिफारिस भएका छन्। त्यस्तै, सुशील प्याकुरेल- दक्षिण कोरिया, नेत्रप्रसाद तिमल्सिना- मलेसिया, सुम्निमा तुलाधर- डेनमार्क, बिजन पन्त- बेलायत, चन्द्रप्रसाद घिमिरे- अमेरिका, पुष्पराज राजकर्णिकार- स्पेन र अबुसुफ्यान खान मुसलमान- साउदी अरबका लागि राजदूत नियुक्तका सिफारिस गरिएको एक मन्त्रीले जानकारी दिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता

काठमाडौँ- सरकारले प्रत्येक वर्ष भदौ २३ लाई जेनजी सहिद दिवसका रूपमा मनाउने निर्णय गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी