"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

गल्याङ नगरपालिकाद्धारा किसानहरुका लागि कृषि उपकरण वितरण

प्रकाशित मिति :  23 June, 2024 10:32 am


स्याङ्जा । गल्याङ नगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानहरुका लागि कृषि उपकरण वितरण गरेको छ । गल्याङ नगरपालिका ३, गल्याङबजारमा रहेको नगर सभाहलमा शनिबार एक कार्यक्रमको आयोजना गरी कृषि उपकरण वितरण गरिएको हो ।

कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख गुरुप्रसाद भट्टराईले सम्बृद्धिको आधार कृषि नै रहेको भन्दै कृषि सामाग्री निर्यात गर्ने उद्देश्यले कृषि उपकरण वितरणको कार्यक्रम राखिएको बताए । भट्टराईले कृषि र पशु व्यवसायलाई प्रबर्दन गर्ने, क्षमता बृद्धि गर्ने र निर्यात गर्ने उद्देश्य राखेर कृषिलाई उच्च प्राथमिकतामा राखिएको स्पष्ट पारेका छन् ।

अन्य क्षेत्रको बजेट कटौती गरेर कृषि उपकरण वितरण गरिएको भन्दै नगरप्रमुख भट्टराईले यसको अधिकतम उपयोग गर्न कृषकहरुलाई आग्रह गरेका छन् । कार्यक्रममा ५० वटा कम्माइन मिल, ३३ वटा हाते ट्याक्टर, १४ वटा च्याफ कटर र ६ वटा ब्रस कटर वितरण गरिएको छ । गल्याङ नगरपालिकाले कृषि उपकरणमा एकैपटक यति धेरै कृषि उपकरण वितरण गरेको सम्भवतः यो पहिलोपटक हो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – स्थानीय तहका जनप्रतिनिधिहरूले करारका कर्मचारी कटौती गर्दा सेवा प्रवाहमा असर परेको भन्दै प्रधानमन्त्री सुशीला कार्कीको ध्यानाकर्षण गराएका छन्

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको गढवा गाउँपालिकामा अनुमतिभन्दा बढी ढुङ्गा, बालुवा उत्खनन् गरेको अभियोगमा दुई जनाविरुद्ध झण्डै एक

काठमाडौं – खेतमा पाकेको धान भित्र्याउने समयमा भएको वर्षातका कारण म्याग्दीका कृषक चिन्तित भएका भएका छन्। दसैं तिहार पर्व मनाएपछि

काठमाडौँ – चालु आर्थिक वर्षको तीन महिना बित्न लाग्दासमेत ४३ वटा स्थानीय तहले बजेट प्रस्तुत गरेका छैनन् । देशभरका कुल सात