"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

गल्याङ नगरपालिकाद्धारा किसानहरुका लागि कृषि उपकरण वितरण

प्रकाशित मिति :  23 June, 2024 10:32 am


स्याङ्जा । गल्याङ नगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानहरुका लागि कृषि उपकरण वितरण गरेको छ । गल्याङ नगरपालिका ३, गल्याङबजारमा रहेको नगर सभाहलमा शनिबार एक कार्यक्रमको आयोजना गरी कृषि उपकरण वितरण गरिएको हो ।

कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख गुरुप्रसाद भट्टराईले सम्बृद्धिको आधार कृषि नै रहेको भन्दै कृषि सामाग्री निर्यात गर्ने उद्देश्यले कृषि उपकरण वितरणको कार्यक्रम राखिएको बताए । भट्टराईले कृषि र पशु व्यवसायलाई प्रबर्दन गर्ने, क्षमता बृद्धि गर्ने र निर्यात गर्ने उद्देश्य राखेर कृषिलाई उच्च प्राथमिकतामा राखिएको स्पष्ट पारेका छन् ।

अन्य क्षेत्रको बजेट कटौती गरेर कृषि उपकरण वितरण गरिएको भन्दै नगरप्रमुख भट्टराईले यसको अधिकतम उपयोग गर्न कृषकहरुलाई आग्रह गरेका छन् । कार्यक्रममा ५० वटा कम्माइन मिल, ३३ वटा हाते ट्याक्टर, १४ वटा च्याफ कटर र ६ वटा ब्रस कटर वितरण गरिएको छ । गल्याङ नगरपालिकाले कृषि उपकरणमा एकैपटक यति धेरै कृषि उपकरण वितरण गरेको सम्भवतः यो पहिलोपटक हो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिना (साउन-जेठ) मा २१ खर्ब २० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ

काठमाडौं – गैरकानुनी सम्पत्ति आर्जन गरेर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासीको पाल्हीनन्दन गाँउपालिकाका पूर्वअध्यक्ष बैजु प्रसाद गुप्ताविरुद्ध

काठमाडौं — आगामी आर्थिक वर्षको बजेट १० असारभित्र सार्वजनिक गर्नुपर्ने समयसीमासम्म २७ स्थानीय तहले बजेट ल्याउन सकेका छैनन् । ७५३ स्थानीय

काठमाडौँ- नेपाल चिया उत्पादक संघले बन्द रहेका चिया उद्योग बिहीबारदेखि पुनःसञ्चालन गर्ने तथा बन्दका कार्यक्रम स्थगन गर्ने निर्णय गरेको छ। भारततर्फ