"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

टी-२० विश्वकप : बंगलादेशलाई हराउँदै अफगानिस्तान सेमिफाइनलमा, अस्ट्रेलिया बाहिरियो

प्रकाशित मिति :  25 June, 2024 11:29 am


काठमाडौँ । अफगानिस्तानले  ट्वान्टी-२० २०२४ को सुपर–एटको अन्तिम खेलमा बंगलादेशलाई आठ रनले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ । कुनै पनि ठूलो आधिकारिक प्रतियोगिताको सेमिफाइनल प्रवेशका लागि अफगानिस्तानलाई जित मात्र विकल्प रहेको थियो ।

वर्षाले प्रभावित खेलमा डीएसएल नियम अनुसार बंगलादेशले जितका लागि १९ ओभरमा १ सय १४ रनको लक्ष्य पाएको थियो र त्यसलाई पछ्याउने क्रममा १ सय ५ रन बनाएर १७.५ ओभरमा अलआउट भएको थियो ।

अफगानिस्तानको यो जितले अस्ट्रेलिया भने प्रतियोगिताबाट बाहिरिएको छ । जितसँगै बंगलादेशको पनि सेमिफाइनल प्रवेशको सम्भावना कायम थियो । तर उसले यसलाई आत्मसात् गर्न सकेन । बंगलादेशका लागि ओपनर लिप्टन दासले सर्वाधिक ५४ रन बनाए र नटआउट रहे ।

यसअघि पहिले ब्याटिङ गरेको अफगानिसतानले २० ओभरमा पाँच विकेट गुमाएर १ सय १५ रन बनाएको थियो । त्यसमा ओपनर रहमनुल्लाह गुरबाजले सर्वाधिक ४३ रन बनाए । बंगलादेशी बलरमध्ये रसद हुसेनले २६ रनमा तीन विकेट लिए ।

यससँगै प्रतियोगिताको सेमिफाइनल पूरा भएको छ । डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्डले भारत तथा दक्षिण अफ्रिकाले को सामना गर्नेछ । दुवै सेमिफाइनल बिहीबार हुनेछन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्सलाई ३४ रनले पराजित गर्दै पोखरा एभेन्जर्स विजयी भएको छ। कीर्तिपुरस्थित

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौँ — नेपाल ट्वान्टी–२० विश्वकपको कठिन समूहमा परेको छ । फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा हुने

काठमाडौँ – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आज (मंगलबार) को दोस्रो खेलमा विराटनगर किङ्सले उत्कृष्ट जित निकालेको छ। पहिलो दुई