"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

टी-२० विश्वकप : बंगलादेशलाई हराउँदै अफगानिस्तान सेमिफाइनलमा, अस्ट्रेलिया बाहिरियो

प्रकाशित मिति :  25 June, 2024 11:29 am


काठमाडौँ । अफगानिस्तानले  ट्वान्टी-२० २०२४ को सुपर–एटको अन्तिम खेलमा बंगलादेशलाई आठ रनले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ । कुनै पनि ठूलो आधिकारिक प्रतियोगिताको सेमिफाइनल प्रवेशका लागि अफगानिस्तानलाई जित मात्र विकल्प रहेको थियो ।

वर्षाले प्रभावित खेलमा डीएसएल नियम अनुसार बंगलादेशले जितका लागि १९ ओभरमा १ सय १४ रनको लक्ष्य पाएको थियो र त्यसलाई पछ्याउने क्रममा १ सय ५ रन बनाएर १७.५ ओभरमा अलआउट भएको थियो ।

अफगानिस्तानको यो जितले अस्ट्रेलिया भने प्रतियोगिताबाट बाहिरिएको छ । जितसँगै बंगलादेशको पनि सेमिफाइनल प्रवेशको सम्भावना कायम थियो । तर उसले यसलाई आत्मसात् गर्न सकेन । बंगलादेशका लागि ओपनर लिप्टन दासले सर्वाधिक ५४ रन बनाए र नटआउट रहे ।

यसअघि पहिले ब्याटिङ गरेको अफगानिसतानले २० ओभरमा पाँच विकेट गुमाएर १ सय १५ रन बनाएको थियो । त्यसमा ओपनर रहमनुल्लाह गुरबाजले सर्वाधिक ४३ रन बनाए । बंगलादेशी बलरमध्ये रसद हुसेनले २६ रनमा तीन विकेट लिए ।

यससँगै प्रतियोगिताको सेमिफाइनल पूरा भएको छ । डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्डले भारत तथा दक्षिण अफ्रिकाले को सामना गर्नेछ । दुवै सेमिफाइनल बिहीबार हुनेछन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ जुन ११ देखि सुरु भई जुलाई १९ सम्म सञ्चालन हुँदैछ। यस पटक ४८

काठमाडौँ-  नेपालले एसियन गेम्स छनोट २०२६ को उपाधि जितेको छ। जापानमा आगामी सेप्टेम्बरमा हुने एसियन गेम्सको छनोट प्रतियोगिताको फाइनलमा हङकङलाई

काठमाडौँ-  रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ। आइतबार राति भएको फाइनलमा गुजरात

काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार