"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्रीले दिए नेपाल आइडल करणलाई गितार उपहार

प्रकाशित मिति :  26 June, 2024 12:07 pm


काठमाडौँ । नेपाल आइडल पाँचौ सिजनका विजेता करण परियारलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटार बोलाएर बधाइ दिएका छन्। आज बिहान प्रधानमन्त्रीको निमन्त्रणा स्वीकार्दै परियार बालुवाटार पुगेका थिए।

प्रधानमन्त्री प्रचण्डले विजेता परियारलाई गितार उपहार दिएका थिए। बधाइ ज्ञापन गर्दै प्रधानमन्त्रीले खेल र संगीतका खास इभेन्ट आफूले हेर्ने गरेको बताए। ‘युवा पुस्ताका हरेक सुखदुखमा आफू साथमा छु,’ परियारलाई प्रधानमन्त्रीले भने।

सो अवसरमा प्रधानमन्त्रीले बधाइ दिँदै विजेता परियारको सांगीतिक क्षेत्रमा निकै राम्रो सम्भावना र भविष्य भएकाले निरन्तर साधनामार्फत् देशकै प्रतिष्ठा बढाउन मेहेनत गर्ने विश्वास व्यक्त गरे।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित फिल्म ‘मदनकृष्ण’ बन्ने भएको छ। उक्त फिल्ममा अभिनेता श्रेष्ठसँगै मह सञ्चारसँग जोडिएका किरण केसी, राजाराम

काठमाडौं – मधुपर्क सम्मान २०८३ बाट तीन जना वरिष्ठ साहित्यकार सम्मानित भएका छन् । सूचना तथा सञ्चारमन्त्री डा। विक्रम तिमिल्सिनाले

काठमाडौँ- नेपाल आदिवासी जनजाति चलचित्र महासंघ संघीय परिषद्ले कलाकार, निर्देशक तथा छायांकारसहित आदिवासी जनजातिसँग सम्बन्धित कलाकारिताका क्षेत्रका विभिन्न ११ विद्यामा उत्कृष्टलाई

काठमाडौँ- साहित्यकार श्रवण मुकारुङको उपन्यास ‘सलह’ सार्वजनिक गरिएको छ । उपन्यासकार मुकारुङले आफ्नो पुस्तक संगीतकार कालीप्रसाद बाँस्कोटा, सिनेमा निर्देशक रामबाबु गुरुङ