"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्रीले दिए नेपाल आइडल करणलाई गितार उपहार

प्रकाशित मिति :  26 June, 2024 12:07 pm


काठमाडौँ । नेपाल आइडल पाँचौ सिजनका विजेता करण परियारलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटार बोलाएर बधाइ दिएका छन्। आज बिहान प्रधानमन्त्रीको निमन्त्रणा स्वीकार्दै परियार बालुवाटार पुगेका थिए।

प्रधानमन्त्री प्रचण्डले विजेता परियारलाई गितार उपहार दिएका थिए। बधाइ ज्ञापन गर्दै प्रधानमन्त्रीले खेल र संगीतका खास इभेन्ट आफूले हेर्ने गरेको बताए। ‘युवा पुस्ताका हरेक सुखदुखमा आफू साथमा छु,’ परियारलाई प्रधानमन्त्रीले भने।

सो अवसरमा प्रधानमन्त्रीले बधाइ दिँदै विजेता परियारको सांगीतिक क्षेत्रमा निकै राम्रो सम्भावना र भविष्य भएकाले निरन्तर साधनामार्फत् देशकै प्रतिष्ठा बढाउन मेहेनत गर्ने विश्वास व्यक्त गरे।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — ११ वर्षीय बाल कथाकार नीतिक आचार्यको बाल कथासंग्रह ‘कङ्गारुको एकता’ सार्वजनिक भएको छ । उनको यो पहिलो एकल

काठमाडौं – अभिनेता राजेश हमालको पुस्तक युगदेखि युगसम्म सार्वजनिक भएको छ । शनिबार काठमाडौंका कमलादीस्थीत प्रज्ञा डवलीमा अभिनेता हमाल लगायतले

काठमाडौं – साहित्यतर्फको नोबेल पुरस्कार हङ्गेरीका लेखक लास्लो क्राज्नाहोर्काइले पाउने भएका छन् । ‘प्रलयकारी भयबिच पनि प्रभावशाली र दूरदर्शी रचनाहरूबाट

काठमाडौँ- काव्यकार डा. नवराज लम्सालको चौथो महाकाव्य ‘कल्प’ लोकार्पण गरिएको छ। शिखा बुक्सद्वारा आज (शुक्रबार) यहाँ आयोजित कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री